अमेरिकी सरकारी कर्मचारीलाई इरानमाथि आक्रमण गर्ने इजरायलको योजना चुहावट गरेको आरोपमा पक्राउ ,उक्त व्यक्ति आसिफ रहमान भएको पुष्टी

इनेप्लिज २०८१ कार्तिक २९ गते १२:२३ मा प्रकाशित

अमेरिकी सरकारी कर्मचारीलाई इरानमाथि आक्रमण गर्ने इजरायलको योजना चुहावट गरेको अभियोग लगाइएको छ । सीआईएको लागि काम गर्ने एक अमेरिकी सरकारी कर्मचारीले इरान विरुद्ध बदला लिने आक्रमणको लागि इजरायलको सम्भावित योजनाहरूको बारेमा वर्गीकृत कागजातहरूको बिधुतिय संजाल (अनलाइन )चुहावट गरेको आरोप लगाईएको सिबिएसन्यूजले जनाएको छ ।

संघीय अभियोजकहरूले आसिफ रहमान जसले उच्च स्तरको सुरक्षा सफाई (क्लियरेन्स ) पाएका थिए । यस मुद्दासँग परिचित दुई स्रोतले रहमान नामक व्यक्ति सीआईएका लागि काम गरेको सिबिएसन्यूजले जनाएको छ ।

तर उनी ठेकेदार या कर्मचारी हुन् भन्ने बारे यकिन हुन् नसकेको समाचारमा उल्लेख गरिएको छ । अदालतको अभिलेखका अनुसार रहमानले कम्बोडिया लगायत अमेरिका बाहिरका स्थानहरूबाट अक्टोबर १७ मा अवैध रूपमा सूचना चुहावट गरेका थिए। रहमानलाई चुहावटको आरोप लागेका कागजातहरू अदालतका कागजातहरूमा निर्दिष्ट गरिएको छैन, तर स्रोतहरूले सीबीएस न्यूजलाई सम्भावित आक्रमण योजनाहरूसँग सम्बन्धित कागजातहरू चुवाहट भएको पुष्टि गरे। रहमानको गिरफ्तारीको खबर सबैभन्दा पहिले द न्यूयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो।

यद्यपि, गोप्य कागजातहरूको स्रोत रहमान नै थिए वा उनले एक्लै काम गरेको हुनसक्छ भन्ने कुरा अझै स्पष्ट भएको छैन। उनलाई गत हप्ता भर्जिनियाको पूर्वी जिल्लामा अभियोग लगाइएको थियो । उनि आज नोभेम्बर १४ का दिन बिहीबार गुआम संघीय अदालतमा प्रारम्भिक उपस्थितिको लागि तयार रहेको सिबिएसन्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया