अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक जोन र्याटक्लिफले एक चकित पार्ने खुलासा गर्दै अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणबाट इरानको आणविक कार्यक्रम गम्भीर रूपमा ध्वस्त भएको बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
र्याटक्लिफले सामाजिक संजाल एक्समा एक आधिकारिक वक्तव्य जारी गर्दै भने, “सिआइएसँग विश्वसनीय स्रोतहरूबाट प्राप्त गोप्य सूचनाअनुसार, इरानका प्रमुख आणविक केन्द्रहरू ध्वस्त भएका छन् र ती पुनर्निर्माण गर्न वर्षौं लाग्नेछ।”
उनले लेखे, “सिआइएले हालैका लक्षित आक्रमणहरूबाट इरानको आणविक कार्यक्रममा गहिरो क्षति पुगेको छ ,र ,यो पुष्टि गर्न सक्छ ।”
यो भनाइले अघिल्लो हप्ता चुवाहट भएका केही प्रतिवेदनहरूको प्रत्यक्ष खण्डन गर्दछ, जसमा आक्रमणको प्रभाव न्यून रहेको दाबी गरिएको थियो।
र्याटक्लिफले ती विवरणहरूलाई अवैध रूपमा चुवाहट गरिएको र अविश्वसनीय स्रोतमा आधारित भन्दै अस्वीकार गरे।
उनले अगाडी भने सिआइए अझै थप सूचनाहरू संकलन गरिरहेको छ र सरकारी अधिकारीहरू तथा सम्भव भएसम्म सार्वजनिकलाई अध्यावधिक दिइनेछ।
यो हमला रणनीतिक रूपमा ठूलो सफलता भएको बताइएको छ, जसले इरानको शक्ति सन्तुलनमा दीर्घकालीन असर पार्न सक्छ। यसैबीच इरानी सरकारले यो विषयमा औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।
प्रतिक्रिया