दोलखा समाज अमेरिकाद्धारा नवनियुक्त महाबाणिज्यदुतलाई स्वागत

इनेप्लिज २०८२ असार १२ गते १:०२ मा प्रकाशित

दोलखा समाज अमेरिकाले नेपाल सरकारका लागी न्यूयोर्कको महावाणिज्यदुतको कार्यभार सम्हाल्न आउनुभएका दधिराम भण्डारीलाई स्वागत गरेको छ ।

नेपाल सरकारबाट हालैमात्र नियुक्त भई तीन हप्ता अघिमात्रै नेपाली महावाणिज्यदुतावास न्यूयोर्कको प्रमुख भइ आउनुभएका भण्डारीलाई कार्यालयमै पुगेर स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएको हो ।

भेटमा समाजको तर्फबाट अध्यक्ष भोजराज थोकरले विगतमा भन्दा पनि अझ चुस्त र सहज हिसावले नेपाली तथा सम्बन्धित सेवाग्राहीलाई सेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । महावाणिज्यदुत भण्डारीले दुतावासले खासगरी पासपोर्ट र भिसा बाहेक अन्य धेरै कार्यक्षत्र नभएकाले ततसेवाहरु प्रभावकारी र सहज हिसावले प्रदान गर्नका लागी आफु कटिबद्ध रहेको र थप योजना पनि बनाइरहेको जानकारी दिदै भन्नुभयो ‘म आएको पनि भर्खरै तीनहप्ता मात्रै भयो त्यैसले हाल म खास समस्याहरु के छन भनेर बुझिरहेको छु र त्यसलाई संभव भएसम्म न्युनिकरण गरी आफ्नो जनशक्तिले भ्याएसम्म सेवा दिने र थप जनशक्तिको खाँचो महसुस गरेमा सरकारलाई अनुरोध गरीकन पनि समाधान गर्ने छु ।’

समाजका तर्फबाट विगतमा खासगरी सेवाग्राहीको फोन नउठने समस्या इंगित गरिएको थियो । त्यसलाई पनि भेटकै क्रममा सेवाग्राहीको फोन भण्डारी आफैले उठाएर सेवाग्राहीको प्रश्नको जवाफ दिएर सुधारको छनक दिनुभएको थियो । आगामी दिनमा सेवाग्राहीबाट फोनमा धेरै मात्रामा सोधिने प्रश्नहरुको जवाफ सजिलै बुझिनेगरी वेभसाइट र फेसबुकपेजमा समेत राखिने र विभिन्न संघसंस्थाको समन्वयमार्फत पनि त्यो सुचना सबैकोमा पु¥याउने योजना रहेको र ततपश्चात फोन संख्यामा गिरावट आउने अपेक्षा आफ्नो रहेको उहाँले बताउनुभयो ।

स्वागत भेटमा दोलखा समाजका अध्यक्ष भोजराज थोकर, सचिव भूपेन्द्र थापा, सदस्य तथा कराँते प्रशिक्षक (सिंहान) शान्त थोकर, तामाङ समाज अमेरिकाका पुर्वअध्यक्ष भरत मोक्तान तामाङ र तामाङ समाजकै पुर्व महासचिव शमसेर योञ्जनको सहभागिता रहेको थियो ।

न्यूयोर्कको म्यानहाटनमा रहेको कार्यालयले न्यूयोर्कसहित अमेरिकाको उत्तरपूर्वीक्षत्रको नौवटा राज्यमा सेवा दिने अधिकारक्षेत्र रहेको छ । महावाणिज्य दुतावासमा महावाणिज्यदुत सहित दुइ उपबाणिज्यदुत, एक वाणिज्यदुत र अन्य तीन सहित सात जना कर्मचारी कार्यरत छन । कार्यालयले नेपाली नागरिकको पासपोर्ट जारी, नविकरण, गैरआवासिय नेपाली नागरिकता र नेपाल घुम्न जाने अमेरिकी सहित अन्य देशका नागरिकलाई भिसा सेवा उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया