फ्लोरिडाका रिपब्लिकन सिनेटर रिक स्कट अब सिनेट बहुमतका नेता हुने ,इलन मस्कले गरे समर्थन

इनेप्लिज २०८१ कार्तिक २५ गते २३:०६ मा प्रकाशित

फ्लोरिडाका राज्यका रिपब्लिकन दलका सिनेटर रिक स्कट अब अर्को बर्ष २०२५ देखि सिनेटका बहुमत नेता हुने लगभग पक्का भएको छ । बिश्वकै धनाढ्य व्यक्ति इलन मस्कले समेत समर्थन गरेका छन् । मस्क निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सशक्त सहयोगी हुन् । मस्कले गरेको अद्वितीय सहयोग र साथले ट्रम्पलाई दोश्रो पटक अमेरिकी ४७ औ राष्ट्रपतिमा बिजयी गराउन ठूलो भूमिका खेलेको थियो । ट्रम्पले जहिले पनि उनको प्रशंसा गरि रहेका हुन्छन् ।

तर अझै ठोकुवा नभएता पनि उनले अत्यधिक अभिरुचि देखाई आफ्नो अग्रसरता अगाडी बढाई सकेका छन् ।

अहिले सम्मको नतिजामा सिनेटमा रिपब्लिकन दलको बहुमत आई सकेको छ । स्कटलाई केही रुढीबादी रिपब्लिकनहरुले समेत गत बुधबार देखि ट्रम्पले जिते पछि समर्थन गर्न सुरु गरेका छन् ।

इलोन मस्कले फ्लोरिडाका सिनेटरको आफ्नो समर्थन दिदै उनको आफ्नै सामाजिक संजाल एक्समा सिनेट बहुमत नेताको लागि “रिक स्कट!” भन्दै आइतबार सामाजिक संजालमा प्रकाशन गरेका छन् ।

सप्ताहन्तमा ट्रम्प सहयोगी विवेक रामास्वामीले स्कटलाई समर्थन जनाएका छन् । तर धेरैजसो सिनेटरहरूले आफ्नो प्रतिक्रिया प्रकट गरेका छैनन् ।सिएनएनकाअनुसार ट्रम्प अहिलेसम्म आफ्नो छनौटमा चुप बसेका छन्।

प्रतिक्रिया