बिश्व कै सर्वाधिक धनाढ्य व्यक्ति तथा उद्यमी इलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरित खर्च विधेयकलाई “घिनलाग्दो अभिशाप” भन्दै लगातार आलोचना गरिरहेका छन्। मस्कले एक्समा मार्फत “हामीलाई घाटा नबढाउने नयाँ विधेयक चाहिन्छ।” भन्दै तिखो प्रहार गरेका छन् ।
ट्रम्प प्रशासनबाट बाहिरिएको केही दिनमै मस्कले ट्रम्पको “ठूलो, सुन्दर बिधेयक “ले “पहिले नै विशाल बजेट घाटा अझै बढाउनेछ” भनेका छन्। बिभिन्न पत्रपत्रिकाहरुले उनको समाचारलाई उच्च प्राथमिकता दिदै प्रकाशित गरेका छन् । उनि ट्रम्प सर्वाधिक प्रिय मानिस हुन् ,र छोड्ने बित्तिकै उनले आक्रोश पोखे पछि उनका प्रतिक्रियाले संचार माध्यममा प्रमुख स्थान पाएको छ ।
गत बुधबार दिनभरि मस्कले २५ भन्दा बढी पटक उक्त विधेयकमाथि आक्रोशपूर्ण प्रकाशन गर्दै कंग्रेसलाई दूरवाणी (फोन) गरेर किल द बिल अर्थात् बिधेयकलाई नष्ट गर भन्दै आफ्ना २०० मिलियन भन्दा बढी अनुयायीहरुलाई आह्वान गरे।
“ यो अति भयो ,यस्ता विशाल खर्च विधेयकहरूले अमेरिका डुबाउँछन्! ,” उनले लेखे। अर्को प्रकाशनमा भने, “तपाईहरुको सिनेटरहरु सँग दूरवाणी (फोन)गर्नुहोस्, कंग्रेस सदस्यलाई दूरवाणी (फोन )गर्नुहोस् – अमेरिकालाई टाट पल्टाउनु ठीक होइन!”
प्रतिनिधि सभा अध्यक्ष माइक जोनसनले मस्कको आलोचना “पूर्णत: गलत” भएको बताए। उनले मस्कलाई दूरवाणी (फोन )गर्न खोजेको तर मस्कले नउठाएको बताए। मस्कले जवाफमा लेखे, “हामीलाई घाटा नबढाउने नयाँ विधेयक चाहिन्छ।” अर्को प्रतिक्रियामा भने, “यो बिधेयक पढ्ने कोही पनि त्यसलाई सहन सक्दैन।”
मस्कको आक्रोश बिधेयकको बिधुतिय सवारीमा कर छुट हटाउने प्रावधानप्रति समेत छ। टेस्लाले सामाजिक सञ्जालमा लेखेको छ, “ऊर्जा कर छुटको अन्त्यले अमेरिका ऊर्जा स्वतन्त्रता र विद्युत् प्रसारण प्रणाली स्थायित्वमा खतरा पुर्याउँछ।”
त्यसैगरी, मस्क ट्रम्प प्रशासनले आफ्नो प्रतिस्पर्धी कम्पनी ओपन एआईसँग एआई सम्झौता गरेकोमा पनि असन्तुष्ट छन्। साथै, उनको सहयोगी जेरेड आइज्याकम्यानलाई नासाको नेतृत्वबाट हटाइएकोमा उनी गहिरो निराश भएको स्रोतहरूले बताएका छन्।
प्रतिक्रिया