ह्यारिसले लोकप्रिय मतमा ट्रम्पलाई हराउने भन्ने सिनेटर स्यान्डर्सको भविष्यवाणी असफल

इनेप्लिज २०८१ कार्तिक २५ गते १८:१७ मा प्रकाशित

गत नोभेम्बर ५ मंगलबारको दिन सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला हयारिसलाई हराउदै ४७ औ अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

सन् २०१६ झैँ २०२४ मा पनि त्यस्तै तरीकाले दुवै महिला उम्मेदवार कमला ह्यारिस र हिलारी क्लिन्टनलाई नराम्रो सँग ट्रम्पले हराए । महिलालाई अमेरिकी जनताले आज सम्मको मितीमा नेतृत्वमा ल्याउन मन नपराएको देखियो । परिणामले त्यही देखायो ।

तर डेमोक्र्याटिक दलका सशक्त र दुई पटक अमेरिकी राष्ट्रपतिका उम्मेदवार समेत रहेका अत्यन्तै झुझारू तथा बोल्न क्षमता भएका भ्रमन राज्यका सिनेटर बर्नी स्यान्डर्सले २-३ महिना अगाडी ह्यारिसले पपुलर भोट अर्थात् झरेको कूल मत(लोकप्रिय)मा ट्रम्पलाई हराउने भनेका थिए ।

ह्यारिसले लोकप्रिय मतमा जित्ने भनि भविष्यवाणी गरेका थिए । यस पटक उनको भबिश्यवाणी असफल भयो । उनले अनुमान गरे अनुसार जनताले ट्रम्पलाई निर्वाचक मत (इलेक्टोरल भोट )तथा कूल मत दुवैमा जिताए ।

ट्रम्पले सन् २०२० को लोकप्रिय मत झैँ ल्याई सकेका छन् । अहिले स्यान्डर्सले उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपति चुनाव हार्नु परेको मुख्य कारण डेमोक्र्याटहरूले श्रमिक वर्गका मानिसहरूलाई त्यागेको आरोप लगाएका छन् ।

उनले देशका श्रमिक वर्ग क्रोधित छन् र तिनीहरू रिसाउनुको कारण छ,” स्यान्डर्सले आइतबार सिएनएनको “स्टेट अफ द युनियन” कार्यक्रममा भने।

देश भरका अभिभावकहरू चिन्तामा रहेको भन्दै उनीहरूका बच्चाहरूको जीवनस्तर उकास्न उपायमा कमि भएको औल्याए । सिनेटमा उनले चौथो कार्यकाल जितेका छन् ।

उनले डेमोक्र्याटहरूलाई सुझाव दिएका छन् । अब डेमोक्र्याटहरूले न्यूनतम पारिश्रमिक बढाउन, किफायती आवास निर्माण र सामाजिक सुरक्षा विस्तारमा ल्याटिनो समुदाय र श्रमिक वर्ग अमेरिकीहरूसँग राम्रोसँग अनुगमन गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने सुझाव पेश गरे ।

प्रतिक्रिया