अमेरिकी राष्ट्रपतिको बहसमा बाजी मार्ने उम्मेदवारले चुनावमा नजित्ने : २०१६ र २०२४ पछिल्ला उदाहरण

इनेप्लिज २०८१ कार्तिक २४ गते २०:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिको निर्वाचन गत नोभेम्बर ५ मंगलबारको दिन सम्पन्न भएको छ । गत नोभेम्बर ६ बुधबार साँझ सम्म नतिजा आयो । रिपब्लिकन दलका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाजी मारे ।

उनको यो तेश्रो प्रयास हो । ३ पटकको प्रयासमा २ पटक बाजी मारे भने १ पटक पराजय भए । अमेरिकी राष्ट्रपतिको बहसमा बाजी मार्ने उम्मेदवारले चुनावमा जित्ने भन्ने कुरा अब गौण भएको छ ।

पछिल्लो उदाहरण सन् २०२४ को राष्ट्रपतिय बहस । त्यस्तै सन् २०१६ मा हिलारी क्लिन्टन र ट्रम्प बीच भएको बहसलाई पनि लिन सकिन्छ । हामीले सन् २०१६ र २०२४ को दुवै बहसलाई विश्लेषण गर्यौ भने हामीले आफ्नै मुल्यांकन गर्न सकिन्छ ।

संसार भरिका पत्रपत्रिका ,विश्लेषक ,विद्वान ,बिश्व समुदायले आफै मुल्यांकन गर्छन । सन् २०२४ मै राष्ट्रपति जो बाइडेनलाई प्रथम बहसमा नराम्रोसँग ट्रम्पले हराए । त्यो बहस पश्च्यात अन्तत्वगत्वा बाइडेनले मैदान छोड्नु पर्यो । उनले राम्रो गरेनन । उनले अन्तमा आफू नउठ्ने निर्णय गरे तर उपराष्ट्रपति कमला ह्यारिसलाई अनुमोदन गरे ।

ह्यारिससँगको बहसमा ह्यारिसले अत्यन्तै राम्रो प्रस्तुती गरिन र तथ्यांक पनि प्रस्तुत गरिन । पूर्व तयारी, अध्ययन ,अनुसन्धान ,महन्त खोज आदीले काम गरेन । चुनाव नराम्रोसंग सन् २०१६ मा हिलारी क्लिन्टनले हारे झैँ हारिन ।

ह्यारिस र ट्रम्पको बहसमा निश्चित रुपमा कमलाले जीत हासिल गरिन । बहस जीते पनि चुनाव जित्न सकिन त ? उनले सकिनन् । आखिर बाजी मार्न चुकिन । उनको पराजय भयो । ह्यारिस र ट्रम्प बीच १ पटक मात्र बहस भयो । ट्रम्पले बहसमा सहभागी हुन् मानेनन् किनभने बहसमा सहभागी भन्दा आमसभामा सहभागीले उनलाई मद्धत गर्यो ।

रिपब्लिकन दलको प्राथमिक निर्वाचनमा पनि ट्रम्पले बाल मतलब गरेनन । कुनै पनि बहसमा सहभागी भएनन् । खै चुनाव हारे त ? इतिहास मै पहिलो पटक प्राथमिक निर्वाचनको आफ्नै दलको बहसमा सहभागी नहुँदा पनि बाजी मारे त ? स्मरण रहोस ,सबै जना डोनाल्ड ट्रम्प हुन् सक्दैनन् । आगामी शताब्दी सम्म यस्तो कसैले नगर्लान भन्ने बिस्वास गरौ । त्यो भबिश्यले देखाउने छ । दोश्रो पिढीले त्यो हेर्ने छन् ।

सन् २०१६ मा पनि ३ पटक भएको बहसमा पूर्व विदेश सचिव तथा राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनले सजिलै हराएकी थिइन् । उनि राम्रो वक्ता र अनुभव भएको हुनाले हरेक दृष्टिकोणले बहसमा बाजी मारिन । तर खै ? हातमा लाग्यो सुन्य । चुनावमा अप्रत्यासित रुपमा कमलालाई हराए झैँ डेमोक्र्याटिकहरुको रणभूमि राज्यहरु मिसिगन ,विस्कनसिन र नेभादा जस्ता राज्यहरुमा लज्जाजनक पराजित गर्दै ट्रम्प ४५ औ राष्ट्रपतिमा बिजयी भए ।

कमला तथा हिलारी दुवैको बहसले काम गरेन । काम लाग्ने चीज भनेको जनताले पत्याउनु पर्ने रहेछ । जनताले बहस राम्रो गरुन या नराम्रो गरुन ,कुनै मतलब नभई आफ्नो मन परेको र दलको मानिसलाई मत हाले पुग्ने रहेछ ।

अमेरिकी इतिहासमै रिपब्लिकन दल कै आफ्नै प्राथमिक बहसलाई लत्याउदै र अस्विकार गर्दै कुनै बहसमा भाग नलिई ४७ औ राष्ट्रपतिमा ट्रम्प बिजयी भए । बहसले केही तटस्थ रहेका मतदातालाई पक्कै फरक पार्ने छ । तर चुनाव नै जित्ने गरि र चुनाव नै हराउने गरि बहसले फरक पार्ने देखिएन ।

पछिल्ला सन् २०१६ र सन् २०२४ का बहसले प्रमाणित गरेको छ । ट्रम्प मात्रै इतिहासका यस्ता राष्ट्रपति हुन् जसले बहसलाई कहिले प्राथमिकता दिएनन् । उनले नै बाइडेनसंग बहस गर्छु भनि माग पनि गरे । बाइडेनलाई एकै बहसमा भित्तामा पुर्याए । तर बहसमा कमलाले उनलाई नराम्रो दनक दिईन र बहस जितिन् । बाइडेनको बदला पनि लिईन । तर आमनिर्वाचनमा बहस काम लागेन ।

अमेरिकी इतिहासमा राष्ट्रपति पदका उम्मेदवारहरू बीच पहिलो पटक बहस सन् १९६० मा सुरु भएको थियो । जोन एफ केनेडी र रिचर्ड निक्सनबाट सुरु भएको बहस अझै यसलाई निरन्तरता दिई रहेको छ । तर यस पटक बाइडेन र ह्यारिससँग ट्रम्पले १ -१ पटक बहस मात्र गरे । यसरी बहसमै सहभागी नहुने र नमानेता पनि जनताले ट्रम्पलाई राष्ट्रपतिमा शानदार बिजयी गराए ।

अन्तत्वगत्वा अमेरिकी र बिश्वभरिका जनताले बहस सुनेक छन् र हेरेका छन् । सन् २०२० मा राष्ट्रपति जो बाइडेनले पनि बहसमा राम्रो गरे । उनि भाग्यशाली भए ,सन् २०२० मा शानदार चुनाव पनि जिते ।

समग्रमा अमेरिकी राष्ट्रपतिको बहस हुन् जरुरी छ । यो परम्परालाई निरन्तरता दिनु पर्छ चाहे कुनै उम्मेदवारले चुनाव जितुन या हारुन । सबै जना डोनाल्ड ट्रम्प जस्ता उम्मेदवार नहुन सक्छन । इतिहासमै अन्य सबै उम्मेदवारहरुले १९६० देखि निरन्तर रुपमा सक्रिय भाग लिई रहेता पनि ट्रम्प एक मात्र यस्ता फरक र बिचित्रका उम्मेदवार हुन् जसलाई यसले केही फरक नपार्ने देखियो । आखिर जे भएता पनि चुनावमा जित्नु नै ठूलो कुरा भएको उनलाई रत्ति भरि फरक पारेन ।

प्रतिक्रिया