बाइडेनद्वारा चुनावपछि एकताको आह्वान, ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण’ गर्न प्रतिबद्ध, बाइडेन र ह्यारिस दुवै ट्रम्पको सपथग्रहणमा जान्छन त ?

इनेप्लिज २०८१ कार्तिक २२ गते २३:२१ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले बिहीबार चुनावपछि एकताको आह्वान गर्दै ‘शान्तिपूर्ण शक्ति हस्तान्तरण’ गर्न प्रतिबद्धता जाहेर गरेका छन् बाइडेनले बिहीबार २०२४ को चुनावको नतिजालाई सम्बोधन गर्दै “हामी ठीक हुनेछौं” भने ।

परिणामको बारेमा चर्चा गर्दै भावनामा विभाजित भए पनि सबैलाई सँगै आउन आग्रह गरे।

मलाई थाहा छ, केही मानिसहरूका लागि यो जीतको समय हो र अरूहरूका लागि यो हारको समय हो। हामी देशले गरेको छनौट स्वीकार गर्छौं ,बाइडेनले भने । बाइडेनले उपराष्ट्रपति कमला ह्यारिससँग आफूले कुरा गरेको बताए । “उनले एक प्रेरणादायी अभियान चलाइन्, र सबैले केही देखे जुन मैले सुरुमै धेरै सम्मान गर्न सिकेको थिएँ: उनको चरित्र। उनी महान चरित्र तथा सच्चा चरित्र भएकी महिला हुन् । उनले आफ्नो सम्पूर्ण प्रयास गरिन ।

बाइडेनले सत्ता शान्तिपूर्ण रुपमा हस्तान्तरण गर्ने वाचा गरे । तर पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्ष अघि वाचा गरेनन । बाइडेनलाई स्वागत पनि गरेनन् ।

सत्ता हस्तान्तरण गर्न समस्या उत्पन्न गरे । सपथ ग्रहणमा आएनन । त्यती मात्र हैन बधाई पनि दिएनन् । उद्घाटन समारोहमा तत्कालिन उपराष्ट्रपति माइक पेन्सले जनवरी २० कार्यक्रममा भाग लिए । त्यो ट्रम्पको दुर्लभ उदाहरण हो।

यसरी आफ्नो उत्तराधिकारीको सपथ ग्रहणमा अनुपस्थित हुने उनि पहिलो राष्ट्रपति हैनन् उनि चौथो उदाहरण हुन् । अमेरिकी इतिहासमा केही पूर्व राष्ट्रपतिहरुले पनि त्यस्तो परम्परा तोडेका छन् ।

अमेरिकी पूर्वराष्ट्रपतिहरु जोन क्विन्सी एडम्स र एन्ड्रयू जोन्सनले पनि सपथग्रहणमा भाग लिएका थिएनन् ।

प्रतिक्रिया