अमेरिकी निर्वाचन पछि विश्वका १० धनी अरबपति मस्क,बेजोस र एलिसन लगायतको कूल सम्पत्तिमा वृद्धि

इनेप्लिज २०८१ कार्तिक २२ गते २०:३२ मा प्रकाशित

अमेरिकी आम निर्वाचन पछि बिश्व कै १० धनाढ्य व्यक्तिहरु मध्ये कै अरबपति इलन मस्क ,एमाजोनका अर्बपति जेफ बेजोस तथा अर्का अरबपति ल्यारी एलिसन लगायतको कूल सम्पत्ती वृद्धि भएको ब्लुम्बर्गले जनाएको छ।

ब्लुमबर्गको बिलियनेयर इन्डेक्स( सूचकांक)का अनुसार विश्वका १० धनी व्यक्तिको सम्पत्ति पनि कीर्तिमानी रुपमा बढेको छ।

यसमा सबैभन्दा ठूलो लाभ उठाउने मस्क परेका छन् । उनि विश्वको सबैभन्दा धनी व्यक्ति र ट्रम्पका सबैभन्दा स्पष्टवक्ता र समर्पित समर्थकहरू मध्ये एक हुन् । बुधवार जसको सम्पत्ति २६.५ बिलियन डलर वृद्धि भै २९० बिलियन डलर पुगेको ब्लूमबर्गले जनाएको छ।

त्यस्तै एमाजोनका संस्थापक जेफ बेजोसको वाशिंगटन पोस्टले उपराष्ट्रपति कमला ह्यारिसको समर्थनलाई रोक्ने आफ्नो निर्णयको बचाउ गरेपछि एक हप्तामा ७.१ बिलियन डलरको वृद्धि भएको छ । यसै गरि गत बुधबार ओरेकलका सहसंस्थापक ल्यारी एलिसनको आफ्नो कुल सम्पत्ति ५.५ बिलियन डलर बढेको देखेको ब्लुम्बर्गले जनाएको छ ।

माइक्रोसफ्टका पूर्व कार्यकारीहरू बिल गेट्स ,स्टिभ बाल्मर, गुगलका पूर्व कार्यकारीहरू ल्यारी पेज र सर्गेई ब्रिन र बर्कशायर ह्याथवेका वारेन बफेटका पनि सम्पत्ती वृद्धि भएको छ । यद्यपि यी अरबपतिहरु मध्ये कसैले पनि यस वर्ष उम्मेदवारलाई समर्थन गरेनन्। यिनीहरुले विगतमा डेमोक्र्याटिक उम्मेद्वार र कारणहरूको पक्षमा बोलेका थिए ।

ब्लूमबर्गले सन् २०१२ मा आफ्नो सूचकांक सुरु गरे देखि यो सम्पत्तिको “सबैभन्दा ठूलो दैनिक वृद्धि” भएको टिप्पणी गरेको छ।

प्रतिक्रिया