चुनाव अगाडी ट्रम्पले २.४ बिलियन डलर गुमाए

इनेप्लिज २०८१ कार्तिक १७ गते ०:०२ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावअघि नै आफ्नो सामाजिक सञ्जालको पूँजी घटेपछि २.४ बिलियन डलरको शुद्ध सम्पत्ति गुमाएका छन् ।

ट्रम्पको आफ्नो सामाजिक संजाल सोशल मिडिया स्टक(पूँजी)मा कमी आएको छ भने तीन दिनमा यसको मूल्यको लगभग ४१ % गुमाएको छ।

ट्रुथ सोसल नामक सामाजिक संजालका मालिक ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप(संचार तथा प्रविधि समूह )को सेयर मूल्य बिहीबार १२% र बुधबार २२% घटेपछि शुक्रबार अर्को १४% मुनी झरेको छ ।

गत मार्चमा सार्वजनिक भएपछि ट्रम्पको संचार माध्यमको लागि सबैभन्दा नराम्रो एकदिवसीय घाटा भएको सिएनएनले जनाएको छ ।

मंगलबार सेयरको मूल्य ५१ डलर थियो। उक्त प्रतिष्ठानमा ट्रम्पको प्रमुख हिस्सेदारी रहेको छ भने उनको त्यहाँ लगभग ५.९ बिलियन डलर छ। शुक्रबार ट्रम्पको शेयरको मूल्य ३.५ बिलियन डलरमा झरेको छ । यसको मतलब ट्रम्पले मंगलबारदेखि कूल सम्पत्तिमा २.४ बिलियन गुमाएका छन्

प्रतिक्रिया