काठमाडौँ विमानस्थल नोभेम्बर ८ देखि मार्च ३१ २०२५ सम्म प्रत्येक राति १० बजे देखि बिहान ८ बजेसम्म विमानस्थल विस्तारको कारण बन्द हुने

इनेप्लिज २०८१ कार्तिक १५ गते १३:३१ मा प्रकाशित

काठमाडौँ विमानस्थल २०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१ सम्म प्रत्येक राति १० बजे देखि बिहान ८ बजेसम्म विस्तारको कारण विमानस्थल बन्द हुने भएको छ । यो समयमा उडान रद्ध तथा पुन अर्को समय निर्धारण हुन् सक्ने भएको छ ।

विमानस्थल विस्तार आयोजनाका कारण नोभेम्बर–मार्चमा सामान्य भन्दा बढी भीड हुने अपेक्षा गरिएको छ । त्यस अनुसार यात्रीहरुले सजक हुनु पर्ने भएको छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय उड्डयन प्रवेशद्वार काठमाडौं विमानस्थलमा ट्याक्सीवे निर्माण गर्न अनुमति दिन रातीको समयको सञ्चालन घण्टा घटाउने, र बिमानसेवाहरूलाई उडानहरू कटौती गर्न भनिएको छ।

ट्याक्सीवे विस्तारले अन्तर्राष्ट्रिय उडानहरू वर्तमान प्रत्येक ७ मिनेटको सट्टा प्रत्येक ४ मिनेटमा अवतरण गर्न अनुमति दिनेछ। अहिले धावनमार्गमा विमानले उपमार्ग( ब्याकट्र्याक)मा नपुगेसम्म विमान अवतरण गर्न कुर्नु परेको छ ।

काठमाडौं अन्तर्राष्ट्रिय रुपमा सञ्चालन भएको नेपालको एक मात्र विमानस्थल हो । यसमा एउटा मात्र धावनमार्ग छ । यदि तपाईहरुको यात्रा योजना यी मितिहरूमा परेको छ भने जेन ट्राभल्सले सहयोग गर्ने ईनेप्लिजलाई बताएको छ ।

जेन ट्राभल्सले अमेरिकाको +1-202-552-1508 सम्पर्क संख्या तथा नेपाल काठमाडौँको 01-597-0995 सम्पर्क संख्यामा सम्पर्क गर्न सकिने जनाएको छ ।

टिकट खरिद गरि सक्नु भएका यात्रीहरुको उडान प्रभावित हुने हो या हैन भन्ने जानकारी लिन जेन ट्राभल्सले सहयोग गर्न तयार रहेको जनाएको छ । साथै कुनै पनि यात्रीहरुले जेन ट्राभलस मार्फत टिकट आरक्षित (बुक)गर्नुभएको छैन भने पनि निःसंकोच जेन ट्राभल्सलाई सम्पर्क गर्न सकिने बताएको छ ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :

https://zentravels.com/

प्रतिक्रिया