अमेरिकाको मिशिगन र विस्कन्सिनमा ह्यारिस अगाडी ,पेन्सल्भेनियामा ह्यारिसको ट्रम्पसँग टक्कर : सिएनएन सर्वेक्षण

इनेप्लिज २०८१ कार्तिक १५ गते ०:२१ मा प्रकाशित

अमेरिककी चुनाव हुन् एक हप्ता बाकि हुँदा मिशिगन र विस्कन्सिनमा उपराष्ट्रपति ह्यारिस अगाडी रहेकी छिन् भने पेन्सल्भेनियामा ह्यारिस पूर्व रास्ट्रपति दोंल्ड ट्रम्पसँग टक्करमा रहेको सिएनएन सर्वेक्षणले जनाएको छ ।

मिशिगनमा ह्यारिसले सम्भावित मतदाताहरूमा ट्रम्पलाई उछिनेकी छिन् । उनि ४८% र ट्रम्प ४३% मा रहेका छन् । त्यस्तै ह्यारिसले विस्कन्सिनमा पनि ट्रम्पलाई पछाडी पारेकी छिन् । विस्कनसिनमा ह्यारिसलाई ५१% र ट्रम्पलाई ४५% समर्थन रहेको छ ।

तर पेन्सल्भेनियामा दुवै बीच कडा प्रतिस्प्रद्धा रहेको छ भने दुवै जना ४८ % अंकमा अड्किएका छन् । सिएनएनले अन्तिम ग्रीष्मकालिन समयमा मत सर्वेक्षण गर्दा ह्यारिस विस्कनसिनमा ५० % र ट्रम्प ४४ % मा रहेका थिए । त्यस्तै मिसिगनमा पनि ह्यारिस ४८ % र ट्रम्प ४३ % मा थिए । तत्कालिन समयमा पेन्सेल्भेनिया राज्यमा दुवै जना ४७ % मा बराबर रहेको थियो ।

स्मरण रहोस ,मतसर्वेक्षणमा अगाडी देखाए पनि गोप्य मतदान भएकोले सन् २०१६ मा हिलारी क्लिन्टन जस्तै हुन् पनि सक्ने छ । किनभने ट्रम्पलाई सन् २०२० मा ७ करोड ४२ लाख जनताले मतदान गरेका थिए ।

अमेरिकामा बिश्वप्रसिद्ध समाचारहरुले गरेको मतसर्वेक्षणमा अझै पनि उपराष्ट्रपति कमला ह्यारिस पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच १-२ % को मात्रै फरक देखाएका छन् । कुनै राज्यमा ट्रम्प २-३ % र कुनै राज्यहरुमा २-३ % ले ह्यारिस अगाडी छिन् ।

प्रतिक्रिया