पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियान ‘सकारात्मक समाधान’ मध्येकै एक भएको बताएका छन् ।
ट्रम्पले मंगलबार ढिलो सामाजिक सञ्जाल मार्फत “अमेरिका बचाउनको लागि सकारात्मक समाधानको चुनाव अभियान” भएको दाबी गरे । उनले उपराष्ट्रपति कमला ह्यारिसको “घृणाको अभियान” भन्दै उनि भन्दा फरक भएको जनाए ।
“उनले आफ्नो राजनीतिक विपक्षीहरूलाई इतिहासको सबैभन्दा दुष्ट सामूहिक हत्याराहरूसँग तुलना गर्न पूरा हप्ता बिताइन्,” ट्रम्पले भने ।
उनले राष्ट्रपति जो बाइडेनलाई प्रहार गर्नु अघि आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा लेखे।
ह्यारिस र बाइडेनलाई देशको नेतृत्व गर्न “अयोग्य” भन्दै ट्रम्पले आफूले “अमेरिकी इतिहासको सबैभन्दा ठूलो, फराकिलो र सबैभन्दा महत्त्वपूर्ण राजनीतिक गठबन्धनको” नेतृत्व गरिरहेको दाबी गरे।
“हामी ऐतिहासिक संख्यामा ल्याटिनो, अफ्रिकी अमेरिकी, एसियाली अमेरिकी र हरेक जाति, धर्म, रंग र सम्प्रदायका नागरिकहरूलाई स्वागत गर्दैछौँ,” ट्रम्पले आफ्नो सामाजिक संजालमा लेखेका छन्। अन्त्यमा उनले ‘सबै जनताको राष्ट्रपति बन्ने मेरो चाहना रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया