शेर्पा संघ अमेरिकाको अध्यक्षमा पूर्ण पासाङ दोर्जे शेर्पा एपी लामा निर्वाचित

इनेप्लिज २०८१ कार्तिक १२ गते २२:०५ मा प्रकाशित

शेर्पा संघ अमेरिकाको अध्यक्षमा पूर्ण पासाङ दोर्जे शेर्पा एपी लामा निर्वाचित भएका छन् ।

गत अक्टोबर २०,२०२४ को दिन शेर्पा किदुग न्युयोर्कको हलमा शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन सम्पन्न भएको छ ।महाधिबेशनले पूर्ण पासाङ दोर्जे शेर्पा एपी लामाको अध्यक्षतामा ११ कार्यसमिति नयाँ सदस्यहरु सर्वसम्मतबाट चयन भएका छन । नवनिर्वाचित पदाधिकारीहरुमा आङछिरि शेर्पा वरिष्ठ उपाध्यक्ष ,मिना लामा शेर्पा उपाध्यक्ष ,छिरिङ शेर्पा महासचिव ,लाक्पा थिले सचिव ,निमा दोर्जी शेर्पा कोषाध्यक्ष तथा गेलु शेर्पा सह-कोषाध्यक्ष निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमस मिगिर शेर्पा,गेल्जी शेर्पा,साम्देन शेर्पा तथा याङ्जी शेर्पा निर्वाचित भएका छन् ।

संघका अध्यक्ष पासाङ दोर्जी एपि लामा शेर्पाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा धर्म गुरु डा युला शेर्पाको प्रमुख आतिथ्य तथा नेपाल आदीवासी जनजाती महासंघ अमेरिका फिप्नाको अध्यक्ष तोरन गुरुङ, लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङ दावा शेर्पा ,बिश्व शेर्पा संघका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष ई तेम्बा शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापा ,बिभिन्न शेर्पा छोक्पाहरुका अध्यक्ष प्रतिनिधि लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया