अमेरिकाको पेन्सिलभेनिया र एरिजोनामा राज्य निर्वाचन अधिकारीहरूद्वारा खतराहरूको बीचमा सुरक्षाको पुष्टि

इनेप्लिज २०८१ कार्तिक ११ गते १८:३२ मा प्रकाशित

अमेरिकाको पेन्सिलभेनिया र एरिजोनामा राज्य निर्वाचन अधिकारीहरूले खतराहरूको बीचमा सुरक्षाको पुष्टि गरेका छन् ।

एरिजोना र पेन्सिल्भेनियाको युद्धभूमि (स्विङ्ग)राज्यका शीर्ष निर्वाचन अधिकारीहरूले आइतवार २०२४ को चुनाव विदेशी गुप्तचर(एजेन्ट)हरूबाट बढ्दो खतराको बीचमा सुरक्षित रहने बताएका छन् ।

पेन्सल्भेनियाका राज्य सचिव अल श्मिट तथा एरिजोना राज्य सचिव एड्रियन फोन्टेसले विदेशी गुप्तचरहरूबाट चुनावमा हस्तक्षेप हुन् सक्ने प्रयासको लागि तयारी गरिरहेको जनाए ।

फोन्टेसले मतदान केन्द्रहरूमा सुरक्षा तीव्र पारिएको र २०२० भन्दा बिल्कुल र पूर्ण रूपमा फरक छन्।

एरिजोनामा मारिकोपा काउन्टीको मतदान केन्द्रमा चुनावी कार्यकर्ताहरूलाई बुलेट-प्रुफ (गोलीभेद्य )सिसा पछाडि सुरक्षित गरिनेछ। साथै अतिरिक्त सुरक्षाको लागि प्रहरीको मानवरहित उपकरण (ड्रोन )र छतमाथि सुरक्षाकर्मी (रूफटप स्निपर)हरू तैनाथ गरिनेछ।

“यो एकदम भिन्न प्रकारको सुरक्षा तयारी गरिएको छ , तर हामी तयार छौं, र हामी सुरक्षित चुनाव गर्न जाँदैछौं,” फोन्टेसले भने।

अमेरिकी चुनाव प्रक्रियामा अन्य देशहरूबाट धम्कीहरू बढेको देखेको छ। अमेरिकी गुप्तचरहरूले रूसी प्रभावशाली नेताहरूले गैरकानुनी रूपमा मतदान गर्ने गैरकानुनी आप्रवासीहरूको आरोप फैलाएको फेला पारेका थिए।

यसै गरि श्मिटले नक्कली श्रब्यदृश्य( भिडियो)को बारेमा “धेरै चिन्तित” भएको बताए । जसमा एक मतदान कार्यकर्ताले पेन्सिलभेनियामा मतपत्रहरू नष्ट गरिरहेको चित्रण गरेको देखाईएको बतए । । अमेरिकी गुप्तचर अधिकारीहरूले नक्कली श्रब्यदृश्य (क्लिप)को पछाडि रुसको हात रहेको पत्ता लगाए।

फोन्टेस र श्मिट दुवैले राष्ट्रपति चुनावको नतिजालाई जेसुकै भए पनि प्रमाणित गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया