बिश्वकै धनाढ्य व्यक्ति इलन मस्क र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘नियमित सम्पर्कमा’ रहेको पत्रपत्रिकाले लेखेका छन् ।
वाल स्ट्रिट जर्नलका अनुसार मस्क र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन २०२२ देखि नियमित सम्पर्कमा छन्। सन् २०२२ देखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नियमित सम्पर्कमा रहेको नयाँ रिपोर्ट(समाचार)ले दाबी गरेको छ।
पुटिनले अरबपतिलाई चिनियाँ नेता सी जिनपिङको पक्षमा ताइवानमा आफ्नो स्टारलिंक स्याटेलाइट इन्टरनेट( संजाल सुबिधा) सेवा सक्रिय नगर्न आग्रह गरेको समेत वालस्ट्रिट जर्नलले जनाएको छ ।
ट्रम्पले यस महिनाको सुरुमै यदि निर्वाचित भएमा मस्कलाई सरकारी दक्षता आयोगको नेतृत्वमा ल्याउने बताएका थिए ।
ट्रम्पको टोलीले पहिले पूर्व राष्ट्रपति पद छोडे पछि पुटिनसँग कुरा गरिरहेको अस्विकार गरेका थिए । पत्रकार बब वुडवर्डको नयाँ पुस्तक “वार” मा ट्रम्पले रुसका राष्ट्रपतिलाई महामारीको उच्च समयमा कोभिड-१९ परीक्षण सामग्री समेत पठाएका कबुल गरेका छन ।
मस्कले टिप्पणीको लागि एबीसीन्यूजको अनुरोधलाई तुरुन्तै प्रतिक्रिया नदिएको समाचारमा उल्लेख गरेको छ ।
क्रेमलिनका प्रवक्ता डिमेट्रीले क्रेमलिनले मस्कसँग एउटा दूरवार्ता (टेलिफोन )गरेको जसमा मस्क र पुटिनले अन्तरिक्षका साथै वर्तमान र भविष्यका प्रविधिहरू बारे छलफल गरेका बताए ।
पेस्कोभले मस्क र पुटिन नियमित सम्पर्कमा रहेको दाबीलाई अस्वीकार गर्दै प्रतिवेदन प्रकाशित भएपछि भने ,वाल स्ट्रीट जर्नल पत्रिकामा प्रकाशित पूर्णतया गलत जानकारी भएको दाबी गरे।
मस्कको तर्फबाट उनले २०२२ मा सामाजिक संजाल एक्समा पुटिनसँग एक पटक मात्र कुरा गरेका बताएका थिए। उनले कुराकानी २०२१ मा भएको र अन्तरिक्षको बारेमा भएको जनाए ।
द वाल स्ट्रिट जर्नलको रिपोर्ट(प्रतिवेदन)का अनुसार मस्कले २०२२ को अन्त्यसम्ममा “उच्च-स्तरका रुसीहरू” सँग नियमित कुराकानी गरिरहेको परिचित व्यक्तिले पत्रिकालाई बताएको वालस्ट्रिट जर्नलले आफ्नो समाचार उल्लेख गरेको छ ।
प्रतिक्रिया