लस एन्जलस टाइम्सका दुई थप सम्पादकीय सॅचालक समितिका सदस्यहरूद्वारा ह्यारिसलाई मालिकले अनुमोदन अवरुद्ध गरे पछि राजिनामा 

इनेप्लिज २०८१ कार्तिक ९ गते १६:५५ मा प्रकाशित

लस एन्जलस टाइम्सका दुई थप सम्पादकीय सॅचालक समितिका सदस्यहरूले कमला ह्यारिसलाई अनुमोदन अवरुद्ध गर्ने विवाद बीचमा राजिनामा दिएका छन्।

लस एन्जलस टाइम्सको सम्पादकीय बोर्डका थप दुई सदस्यहरूले बिहीबार राजीनामा दिएका सिएनएनले जनाएको छ ।

सिएनएनका अनुसार पत्रिकाका मालिकले उपराष्ट्रपति कमला ह्यारिसको समर्थन( इन्डोर्समेन्ट)गर्न अवरुद्ध गरेपछि उनिहरुले राजीनामा दिएका हुन्।

पुलित्जर पुरस्कार विजेता सम्पादकीय लेखक रोबर्ट ग्रीनले अर्बपति लस एन्जेलस टाइम्सका मालिक प्याट्रिक सून-शियोङको योजनाबद्ध अनुमोदनलाई भिटो( निषेध) गर्ने निर्णयलाई लिएर आफ्नो पदबाट राजीनामा दिएको सिएनएन लाई पुष्टि गरेका थन्।

२०२१ मा ग्रीनले आफ्नो सम्पादकीय “प्रहरी ,जमानत सुधार, जेल र मानसिक स्वास्थ्यमा स्पष्ट र समग्र लस एन्जलस आपराधिक न्याय प्रणालीको जाँच” को लागी पत्रकारिताको सबैभन्दा प्रतिष्ठित पुरस्कार जितेका थिए।

राजीनामा पत्रमा ग्रीनलेउनी ह्यारिसलाई समर्थन नगर्ने निर्णयमा “गहिरो निराश” भएको उल्लेख गरेका छन्। म बुझ्छु यो मालिकको निर्णय हो, उनले राजीनामामा उल्लेख गरेका छन्।

त्यस्तै सम्पादकीय बोर्डका अर्का सदस्य करिन क्लेनले पनि बिहीबार विरोधमा राजीनामा दिएकी छन्। 

क्लेनले आफ्नो निर्णय सामाजिक सॅजाल मार्फत घोषणा गरेकी हुन । र ,उनले  सम्पादकीयहरूमा हस्तक्षेप गर्ने मालिकको अधिकारको सम्मान गर्छु; त्यो एक ठाउँ हो जहाँ उनले नैतिक रूपमा त्यसो गर्न सक्छन्। 

प्रतिक्रिया