अमेरिकाको जर्जिया राज्यमा कमला ह्यारिसको आमसभालाई पूर्व राष्ट्रपति बराक ओबामाले सम्बोधन गरेर ह्यारिसको परिचय समेत गराए । ह्यारिस र ओबामाको सयुक्त रुपमा यो पहिलो पटक हो । अत्यन्तै महत्वपूर्ण राज्य भएकोले मतदाताहरूलाई अझ उत्साह बढाउन त्यहा पुगेका दुवैले मतदाताहरुमा थप उत्साह जगाएका छन् ।
साथै जर्जिया युद्धभूमि(स्विङ्ग स्टेट )मा मतदाताहरूलाई प्रोत्साहन गर्न प्रतिष्ठित गायक ब्रुस स्प्रिंगस्टीन र चलचित्र कलाकार तथा निर्माता टायलर पेरी सहित कलाकारहरू भरिएको र्याली(आम सभा)मा मतदाता तथा दर्शकहरु उत्साहित भए । स्प्रिंगस्टीनले आफ्नो बेजोड प्रस्तुति गरे र दर्शकलाई मनोरंजन दिलाए ।
ह्यारिसले स्वास्थ्य हेरचाह र अर्थतन्त्रका उनको प्रस्तावहरू राखिन । उनले लागत र उनको साना व्यवसाय योजनाहरू कम गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै, र गर्भपतन प्रतिबन्धलाई “अनैतिक” भनिन् ।
ओबामाले हालैका हप्ताहरूमा बिभिन्न राज्यहरुमा ह्यारिसको लागि अभियान चलाइरहेका छन् । उनले मन्तब्यको क्रममा भने, ‘कमला विशेषाधिकारमा जन्मिएकी होइनन् । “उनी मध्यमवर्गीय परिवारमा हुर्किएकी थिइन्। उनले आफ्नो खर्च तिर्न महाबिद्यालय (कलेज)मा हुँदा म्याकडोनाल्डमा काम गरिन।
“उनी आफ्नो समस्या, उनको अहंकार, उनको पैसामा केन्द्रित हुनेछैन। उनी तपाईहरुमा केन्द्रित हुनेछिन्, “ओबामाले भने।
स्प्रिंगस्टीनले म यहाँ कमला ह्यारिसको समर्थनमा आएको हु। र ,डोनाल्ड ट्रम्प विपक्षमा छु भन्दै आफ्नो प्रस्त्तुती दिए ।
प्रतिक्रिया