अमेरिकामा आगामी नोभेम्बर ५ मंगलबारका दिन हुने निर्वाचनको लागि अमेरिकी नागरिकहरुले अग्रिम रुपमा २ करोड ६५ लाख भन्दा ज्यादाले मतदान गरेका छन् ।
२६.५ मिलियन भन्दा बढी अमेरिकीहरूले प्रारम्भिक मतदान गरि सकेका छन् ।
चुनाव हुन् केवल दुई हप्ता भन्दा कम समयमा अढाई करोड भन्दा ज्यादा अमेरिकीहरुले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
फ्लोरिडा विश्वविद्यालय चुनाव ल्याण्ड नामक संस्थाको तथ्याँक अनुसार लगभग २६.५ मिलियन अमेरिकीहरूले प्रारम्भिक मतदान विधिहरू मार्फत आफ्नो मतदान गरेका छन्।
त्यस्तै डाक (मेल )मतपत्रहरू बुधवार रातीसम्म १५.७ मिलियन मतदाताहरूले फिर्ता गरेका छन्। तथ्याँक अनुसार अर्को १०.७ मिलियन व्यक्तिहरुले मतदान केन्द्रमा गइ प्रारम्भिक मतदान दिएका छन् ।
अमेरिकाका ४७ राज्यहरू डिसी ,गुआम, पुर्टोरिको, र भर्जिन टापु सहितमा मतदाताहरूले प्रारम्भिक रूपमा व्यक्तिगत मतदान गर्ने पाउने भएकोले अग्रिम रुपमा मतदान गरि रहेका छन् ।
तर तीन राज्यहरू अलाबामा, मिसिसिपी र न्यू ह्याम्सरमा प्रारम्भिक व्यक्तिगत मतदान गर्न पाइदैन ।
प्रतिक्रिया