अर्थशास्त्रको नोबेल मेमोरियल पुरस्कार डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए लाई प्रदान गरिएको छ।
अर्थशास्त्रको नोबेल मेमोरियल पुरस्कार सोमबार डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए रोबिन्सनलाई केही देशहरू सफल हुनुको कारण र अरू असफल हुनुको कारणहरूको अनुसन्धानका लागि प्रदान गरिएको छ।
सोमबार ३ जनालाई राष्ट्रहरू बीचको समृद्धिमा भिन्नताहरूको अनुसन्धानका लागि प्रदान गरिएको हो ।
तीन अर्थशास्त्रीहरूले “देशको समृद्धिको लागि सामाजिक संस्थाहरूको महत्त्व प्रदर्शन गरेका छन्,” नोबेल समितिद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।
एसेमोग्लु र जोन्सन म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी(अमेरिका)मा काम गर्छन भने रोबिन्सनले शिकागो विश्वविद्यालय(अमेरिका)मा आफ्नो अनुसन्धान सञ्चालन गर्छन्।
ग्रीसको एथेन्समा रहेको प्रतिष्ठान(एकेडेमी)मा पुगेका एसेमोग्लु आश्चर्यचकित र स्तब्ध भए। उनले सम्मेलनमा बोल्ने भएका छन् । चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिमा नोबेल पुरस्कार गत हप्ता घोषणा गरिएको थियो।
प्रतिक्रिया