इजरायलमा मानवरहित उपकरण (ड्रोन )आक्रमणमा ६० भन्दा बढी घाइते

इनेप्लिज २०८१ असोज २७ गते २१:३७ मा प्रकाशित

इजरायलमा मानवरहित उपकरण (ड्रोन )आक्रमण हुँदा ६० भन्दा बढी घाइते भएको आपतकालीन टोलीले जनाएको छ ।

उद्धार संघ रुग्णवाहिणी (युनियनको एम्बुलेन्स )टोलीहरूको सहयोगमा हामीले ६० भन्दा बढी घाइतेहरूलाई विभिन्न अवस्थामा सहायता प्रदान गर्यौं ,तीमध्ये केही गम्भीर,मध्यम र हल्का अवस्थामा रहेका छन् ,युनाइटेड हत्जालाह, उद्धार सेवाले एक विज्ञप्तिमा बताएको छ ।

इजरायल रक्षा बल (आईडीएफ) ले घटनाको कुनै पनि विवरण जारी गरेको छैन् ,केवल लेबनानबाट प्रहार गरिएको मानवरहित हवाई उपकरणलाई अवरोध गरेको बताएको छ।

हेजबुल्लाहले हाइफाको दक्षिणी भागमा रहेको बिनयामिनामा रहेको गोलानी प्रशिक्षण शिविरमा मानवरहित उपकरण (ड्रोन)को एक झुण्ड प्रहार गरेको बताएपछि यो समाचार आएको हो।

गोलानी वाहिनी दक्षिणी लेबनानमा तैनाथ गरिएको आईडिएफको एक पैदल सेना हो।

आतंकवादी समूहले लेबनानमा इजरायली हमलाको जवाफमा आक्रमण भएको बताएको छ । इजरायलको आक्रमणमा परि लेबनानमा २२ जनाको मृत्यु र ११७ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया