युक्रेनको सुरक्षा सेवाले आइतबार रुसका चार प्रमुख सैन्य विमानस्थलमा व्यापक मानव रहित यान (ड्रोन)आक्रमण गरेको पुष्टि गरेको छ। युक्रेनको सुरक्षा सेवाका अनुसार, उक्त हमलामा युक्रेनी शहरहरूमा हरेक राती बमबारी गर्ने ४० भन्दा बढी रुसी सैन्य विमानहरूलाई निशाना बनाइएको हो।
अन्तरराष्ट्रिय पत्रपत्रिकाका अनुसार इरकुट्स्क र मुरमान्स्क क्षेत्रका रुसी गभर्नरहरूले पनि आ–आफ्नो क्षेत्रमा मानवरहित यान (ड्रोन )आक्रमण भएको पुष्टि गरेका छन्। युक्रेनको सुरक्षा सेवाकाले एबिसीन्यूजसँग साँझा गरेका श्रब्यदृश्य (भिडियो)हरूमा मुरमान्स्कको ओलेन्या हवाई अड्डा र इरकुट्स्कको बेलाया हवाई अड्डामा मानव रहित यान (ड्रोन )आक्रमण देखिन्छ, जहाँ आणविक क्षमतायुक्त बमवर्षक विमानहरू तैनाथ थिए।
इरकुट्स्कका गभर्नरले मानवरहित यानहरू भारबाहक गाडी (ट्रक)बाट प्रक्षेपण गरिएको बताउँदै आगो र धुवाँको दृश्यसहितको श्रब्यदृश्य (भिडिओ )साँझा गरेका छन्।
त्यसैबीच, रुसको ब्र्यान्स्क क्षेत्रमा आइतबार राति एक रेल पुल विस्फोटमा भत्किएपछि ७ जनाको मृत्यु र ६६ घाइते भएका छन्। बेलगोरोडबाट मस्को जाँदै गरेको यात्री रेल विस्फोटपछि पटरीबाट चिप्लिएको हो। स्थानीय अधिकारीहरूले यसलाई “विस्फोट” भनी पुष्टि गरेका छन्। ४७ जना घाइतेहरू अस्पताल भर्ना गरिएको जनाइएको छ।
कर्स्क क्षेत्रमा पनि अर्को रेल पुल भत्किएपछि मालवाहक रेल दुर्घटनामा परेको छ। रुसी अधिकारीहरूले यस हमलाको दोष युक्रेनमाथि लगाएका छन्।
प्रतिक्रिया