१०० वर्ष अघि सगरमाथा आरोहणमा बेपत्ता भएका चर्चित आरोहीको मानव अवशेष फेला परेको नेशनल जियोग्राफिक पत्रिकाले शुक्रबार विवरण दिएको छ।
पत्रिकाका अनुसार सगरमाथामा भेटिएको मानव अवशेष १०० वर्षअघि बेपत्ता भएका चर्चित आरोही ब्रिटन एन्ड्रयू इरविन को हो । एक वृतचित्र (डकुमेन्ट्री )टोलीले सगरमाथामा मानव अवशेषहरू फेला पारेको स्पष्ट रूपमा एक व्यक्तिको हो जो १०० वर्ष पहिले चुचुरो आरोहण गर्ने क्रममा बेपत्ता भएका थिए । उनको यस बारे नेशनल जियोग्राफिक पत्रिकाले शुक्रबार समाचार लेखेको सिबिसीन्यूजले जनाएको छ ।
सन् १९२४ मा आरोहण साझेदार जर्ज म्यालोरीसँगै ब्रिटन एन्ड्रयू इरविन बेपत्ता भएका थिए किनभने यो जोडीले समुद्र सतहभन्दा ८,८४८ मिटर (२९,०२९ फिट) उचाइमा सगरमाथाको शिखरमा पुग्ने पहिलो व्यक्ति बन्ने प्रयास गरेका थिए।
म्यालोरीको शव १९९९ मा फेला परेको थियो ।सन् १९५३ मा आरोहीहरू एडमन्ड हिलारी र तेन्जिङ नोर्गेद्वारा लगभग तीन दशक अघि इर्विन र म्यालोरी शिखर आरोहण गर्न गएका थिए ।
न्यूजील्याण्डका एडमन्ड हिलारी र नेपाली शेर्पा तेन्जिङ नोर्गेले मे २९, १९५३ मा सगरमाथा आरोहण गरेका थिए। १९६३ मा जिम ह्वाइटेकर शिखरमा पुग्ने पहिलो अमेरिकी बनेका थिए । सिबिसीन्यूजका अनुसार इरविन परिवारका सदस्यहरूले कथित रूपमा अवशेषहरूको पहिचान पुष्टि गर्न डीएनए नमूनाहरू साझा गर्न प्रस्ताव गरेका थिए ।
इर्विन २२ वर्षको उमेर हुँदा उनी हराएका थिए । म्यालोरीसँगै अन्तिम पटक उनीहरूको अभियानका सदस्यहरू मध्ये एकले जुन ८ ,१९२४ को दिउँसो त्यो बिहान शिखरमा आफ्नो अन्तिम आरोहण सुरु गरेपछि देखेका थिए।
यस वर्षको सुरुमा म्यालोरीले आफ्नी श्रीमतीलाई लेखेको अन्तिम पत्र पहिलो पटक डिजिटलाइज (अंकीकरण )गरिएको थियो र क्याम्ब्रिज विश्वविद्यालयले बिधुतिय (अनलाइन )मा प्रकाशित गरेको थियो।
सन् १९२० को दशकमा सुरु भएको आरोहणपछि सगरमाथा हिमालमा ३०० भन्दा बढी मानिसको ज्यान गएको छ । कतिपयलाई हिउँले छोपेको छ भने कसैलाई गहिरो खाडलले पुरेको छ ।
एपीका अनुसार गत जुनमा सगरमाथा र छेउछाउका चुचुराहरू ल्होत्से र नुप्तसेमा नेपालको सगरमाथा सरसफाइ अभियानको एक भागको रूपमा एउटा मात्र कंकालको अवशेष सहित सगरमाथाबाट पाँचवटा जमेको शवहरू बरामद गरिएको थियो ।
प्रतिक्रिया