इजरायली प्रहरीले उत्तरी इजरायलमा हेजबुल्लाहले प्रहार गरेको क्षेप्यास्त्र ठूलो क्षति भएको बताएको छ ।
इजरायली प्रहरीले शुक्रबार उत्तरी इजरायलमा हेजबुल्लाहले प्रक्षेपण गरेको क्षेप्यास्त्रले ठूलो क्षति भएको जानकारी दिएको छ।
यसअघि शुक्रबार इजरायली सेनाले लेबनानबाट इजरायली भूमिमा प्रवेश गरेको झण्डै दुई दर्जन क्षेप्यास्त्र पहिचान गरिएको बताएको थियो।
प्रहरी अधिकारीहरुका अनुसार किर्याट श्मोना र तल्लो ग्यालिलीमा क्षेप्यास्त्र प्रहार गर्दा आगलागि भएको र धेरै क्षेत्रहरूमा ठूलो क्षति भएको बताइएको छ।
प्रहरीका अनुसार कयौं आगलागी भएपनि मानवीय क्षति भने भएको छैन । प्रहरी अधिकारी र बम निस्क्रिय टोली घटनास्थलमा पुगेका छन् ।
हेजबुल्लाहले “लेबनान र यसका जनताको रक्षामा र शहर, गाउँ र नागरिकहरूमा इजरायली हमलाको जवाफमा” क्षेप्यास्त्र किरियत शमोनालाई लक्षित गरेको बताएको छ।
प्रतिक्रिया