लेबनानको हेजबुल्लाह समूहले आफ्नो नेता र संस्थापक हसन नसरल्लाह इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ।
एक विज्ञप्तिमा भनिएको छ , नसरल्लाह आफ्ना सहिदहरूसँग सामेल भए । साथै हेजबुल्लाहले “शत्रु विरुद्ध र प्यालेस्टाइनको समर्थनमा पवित्र युद्ध जारी राख्ने” वाचा गरेका छन् ।
तीन दशकभन्दा बढी समयसम्म हेजबुल्लाहको नेतृत्व गरेका नसरल्लाह हेजबुल्लाहसँगको तीव्र लडाइमा इजरायलद्वारा मारिने सबैभन्दा शक्तिशाली नेता हुन्। इजरायली सेनाले गत शुक्रबार बेरुतको दक्षिणी भागमा रहेको दहियाहमा रहेको आफ्नो मुख्यालयमा हेजबुल्लाह नेताहरूको बैठक गरिरहेको बेला सटीक हवाई आक्रमण गरेको बताएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले छ वटा आवासगृह भवनहरूमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको बताएको छ। हेजबुल्लाहको दक्षिणी मोर्चाका सेनापति अली कार्की र अन्य सेनापति पनि मारिएको इजरायली सेनाले जनाएको छ।
त्यस्तै अमेरिकाले रक्षा संचालन (गार्ड अपरेसनका )का सहायक सेनापति ५८ वर्षीय अब्बास निलफोरुसन गत शुक्रबार मारिएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ।
शनिबार दिउँसो मध्य इजरायलमा हवाई आक्रमणको खतराको घन्टी बजेको सिबिसीन्यूजले जनाएको छ । इजरायली सेनाले यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको बताएको छ। सिबिएसन्यूजका अनुसार नेतन्याहुको उडानलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएको हो कि भनेर तत्काल थाहा हुन सकेको छैन।
प्रतिक्रिया