अमेरिकाको इलिनोइ राज्यका युवा हिरासत केन्द्र बिरुद्ध यौन दुर्व्यवहारको आरोपमा २०० भन्दा ज्यादा पुरुष तथा महिलाद्वारा मुद्दा दायर

इनेप्लिज २०८१ असोज ८ गते ११:३१ मा प्रकाशित

अमेरिकाको इलिनोइ राज्यका युवा हिरासत केन्द्रहरू बिरुद्ध यौन दुर्व्यवहारको आरोपमा २०० भन्दा ज्यादा पुरुष तथा महिलाले मुद्दा दायर गरेका छन् ।

एबिसीन्यूजका अनुसार इलिनोइको युवा हिरासत केन्द्रहरूमा हिरासतमा हुँदा २०० भन्दा बढी पुरुष र महिलाहरूले उनीहरूलाई बालबालिकाको रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

सोमबार दायर गरिएको मुद्धाहरुका अनुसार दशकौं देखि प्रणालीगत बाल यौन दुर्व्यवहारको आरोप लगाईएको छ ।

सोमबार दायर गरिएका तीनवटा मुद्दाहरू ११९६ देखि २०२१ सम्मका रहेका छन् । जसमा दुर्ब्यबहार , बलात्कार, जबरजस्ती मौखिक यौन सम्पर्क र सुधार अधिकारीहरू, स्वास्थ्य परिचारिका (नर्स), भान्साका कर्मचारीहरू, पादरीहरू र अन्यहरूद्वारा कुटपिट सहितको मुद्धा दायर गरिएको छ ।

इलिनोइ राज्यले यसको इलिनोइ युवा केन्द्र सुविधाहरूमा यौन दुर्व्यवहारको संस्कृतिलाई निरन्तर रूपमा फस्टाउन अनुमति दिएको छ, मुद्दामा भनिएको छ ।

इलिनोइले उजुरीहरूको छानबिन गर्न, दुर्व्यवहार गर्ने कर्मचारीहरूको सूचना तथा खबर गर्न र युवा कैदीहरूलाई सुरक्षा गर्न अत्यधिक असफल भएको समेत आरोप लगाएको छ ।

समग्रमा ६६७ व्यक्तिहरूले मे महिना देखि दायर गरेका मुद्दाहरूमा राज्य र कुक काउन्टीद्वारा सञ्चालित युवा सुविधाहरूमा बालबालिकाको रूपमा यौन दुर्व्यवहार भएको आरोप लगाएका छन्।

वादीहरूको सबैभन्दा ठूलो संख्या भएको मुद्दामा २२२ पुरुष र महिलाहरू जो प्रायः इलिनोइका बासिन्दा हुन् ।

प्रतिक्रिया