इजरायलले लेबनानमा हेजबुल्लाहलाई गरेको आक्रमणमा २७० जनाको मृत्यु भएको र १००० जना भन्दा ज्यादा घाइते भएको सिविएसले जनाएको छ ।
इजरायली क्षेप्यास्त्रहरूले दक्षिणी लेबनानमा सोमवार बिहान गरेको आक्रमणमा २७० जना भन्दा बढी नागरिकहरुको मृत्यु भएको छ ।
इजरायलले आवासीय भवनहरूमा लुकेका हेजबुल्लाहका हतियारहरूलाई निशाना बनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र इजरायली हमलामा २७० भन्दा बढी व्यक्तिको मृत्यु भएको र १,००० भन्दा बढी घाइते भएको बताएको छ।
मन्त्रालयले मारिने र घाइतेमध्ये कति जना विद्रोही थिए भन्ने बताएको छैन तर मारिनेहरुमा महिला, बालबालिका र स्वास्थ्यकर्मी रहेको जनाएको छ।
इजरायलको सेनाले उत्तरी इजरायलमा लेबनानबाट कम्तिमा ३५ थप क्षेप्यास्त्र र मानवरहित यान( ड्रोन) प्रहार गरिएको बताएको छ।
प्रतिक्रिया