दक्षिणी बेरुतमा रहेको हेजबुल्लाहको गढमा इजरायली सेनाले गरेको आक्रमणबाट एक सेनापति सहित कम्तीमा ३७ जनाको मृत्यु छ ।
प्रारम्भमा ३१ जना भनिएता पनि लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी बेरुतमा इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या अब ३७ पुगेको बताएको छ ।
मारिने सेनापतिमा इब्राहिम अकिल जो हेजबुल्लाहको एलिट रडवान बलका एक सशक्त सदस्य थिए । साथै अन्य धेरै सेनापतिहरू सहितको ज्यान गएको इजरायल रक्षा बलका प्रवक्ता ड्यानियल हगारीले बताए ।
उनीहरूले उत्तरी इजरायलको ग्यालिलका समुदायहरूलाई आक्रमण गर्ने र कब्जा गर्ने योजना बनाएको आरोप लगाउँदै आक्रमण गरिएको हगारीले जनाए ।
इजरायल रक्षा बलका अनुसार शनिबार दक्षिणी लेबनानमा करिब १८० वटा लक्ष्यमा आक्रमण गरिएको छ।
लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले स्थानीय समय अनुसार शनिबार राति १ घण्टा भन्दा कम समयमा दक्षिणी लेबनानका विभिन्न भागमा १११ भन्दा बढी हवाई आक्रमण भएको जनाएको छ।
विमानहरूले देशको पश्चिमी भागका तीर हर्फा, शिहिन, अल-जिबीन, जिबकिन र अल-दुहायरा लगायत शहरहरूलाई लक्षित गरेको थियो ।
बेरुतको दक्षिणी जिल्ला र हेजबुल्लाहको गढ रहेको दाहियामा रहेको एउटा चिहान बाहिर यस हप्ता तेस्रो पटक उग्रवादी समूहका लडाकु र सदस्यहरूका लागि भेला भएका थिए । इजरायली शत्रुको विमानले नाबातीह, इक्लिम अल-तुफाह र पश्चिमी बेकाका क्षेत्रहरूमा शृंखलाबद्ध हिंसक हवाई आक्रमणहरू गरेको एनएनएका बताएको छ ।
इजरायल डिफेन्स फोर्सले यसअघि शनिबार दक्षिणी लेबनानमा करिब १८० वटा लक्ष्यमा आक्रमण गरिएको बताएको थियो। आईडीएफका अनुसार लेबनानबाट इजरायलमा करिब ९० वटा प्रक्षेपण प्रहार गरिएको थियो।
हेजबुल्लाहले दक्षिणी बेरुतमा इजरायली हमलामा एलिट रडवान बलका सेनापति इब्राहिम अकिल मारिएको पुष्टि गरेको छ।
इब्राहिम अकिल को हुन् ?
गत वर्ष १९८३ मा बेरुतमा अमेरिकी दूतावासमा हेजबुल्लाहको बम विष्फोटको ४० औं वार्षिकोत्सव मनाउन अमेरिकी विदेश मन्त्रालयले अकिलको जानकारीको लागि ७ मिलियन डलरको इनाम घोषणा गरेको थियो।
अमेरिकाले अकिललाई १९८३ मा बेरुत दूतावासको आक्रमणमा संलग्न भएको आरोप लगाएको छ। उक्त आक्रमणमा ६३ जनाको ज्यान गएको थियो ।
साथै बेरुत नौसेना सेनावासमा हेजबुल्लाहको बम विष्फोटको कारण २ सय ४१ अमेरिकी कर्मचारीको मृत्यु भएको थियो।
सन् १९८० को दशकमा उनी इस्लामिक जिहादका सदस्य थिए । सन् १९८३ मा भएका दुईवटा आक्रमणको जिम्मा लिने आतङ्ककारी समूहमा संलग्न भएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया