ममता काफ्लेको शव लुकाएको आरोपमा मुद्धा खेपी रहेका नरेश भट्टका वकिलले सेप्टेम्बर १९ बिहान ९:३० बजे धरौटीमा छुट्न पाउन भन्दै निवेदन हालेको निवेदन फिर्ता लिएका छन्।
ममता काफ्लेको पक्षका सुरु देखि सशक्त रुपमा लागेकी पेशाले स्वास्थ्य परिचारिका ( नर्स) बिनाखडका लामाले यो जानकारी सामाजिक सॅजाल मार्फत गराएकी छिन्।
अव भोली सेप्टेम्बर १९ बिहान ९:३० बजे नरेश भट्ट हाजिर नहुने भएका छन।
यो निवेदन प्राप्त हुने बित्तिकै नेपाली तथा अन्य समुदायले ममताको पक्षमा र आरोपी नरेश भट्ट हिरासतबाट नछुटुन भन्दै खबरदारी सुरु गरेका थिए ।
बिगत अगस्त १ देखि बेपत्ता भै रहेकी ममता काफ्लेको मुद्धाको कानुनी छलफल तथा परीक्षण डिसेम्वर ९, २०२४ देखि सुरु हुने भएको छ ।
गत सेप्टेम्बर १६ बिहान ९ बजे भएको सुनुवाईमा नरेश भट्टका वकिलले माग गरेको श्रव्य दृश्य ( भिडियो)बुझाउनुको साथै डिसेम्वर ९,१०,११ र १६,१७ र १८ का दिन नरेश भट्टलाई परीक्षण (ट्रायल )गरिने भएको छ।
अदालतका कागजात अनुसार ममताको शव अहिलेसम्म फेला परेको छैन, तर नरेशले उनको हत्या गरी शव लुकाएको अभियोजकले अभियोग लगाएका छन्।
प्रतिक्रिया