अमेरिकाको फ्लोरिडा राज्यका एक एघार वर्षीय विद्यार्थीलाई सामूहिक गोली हान्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।
फ्लोरिडाको पोर्ट ओरेन्जका एक ११ वर्षीय माध्यमिक विद्यालयका विद्यार्थीलाई एक माध्यमिक विद्यालयमा सामूहिक गोलीबारी गर्ने धम्की दिएपछि एक अपराधको आरोप लगाइएको अधिकारीहरूले सोमबार बताए ।
“हामीले भर्खरै क्रिकसाइड मध्य विद्यालयका विद्यार्थीलाई गिरफ्तार गर्यौं जसले क्रिकसाइड वा सिल्भर स्यान्ड्स माध्यमिक बिद्यालयमा गोली चलाउने धम्की दिए,” भोलुसिया काउन्टी शेरिफ माइकल चिटवुडले पक्राउको घोषणा गर्दै सामाजिक संजाल मार्फत जानकारी गरेका छन् ।
जासूसहरूले विद्यार्थीको घर खोजी गरे । र ,उनीहरुले विभिन्न शैलीको राइफल र बन्दुक ,वास्तविक रूप दिन ढाँचा गरिएको नक्कली गोला बारुद र धेरै चक्कु र तरवारहरू फेला पारे।
प्रतिक्रिया