ट्रम्पद्वारा दोश्रो पटक हत्याको प्रयास पछि कानून प्रवर्तनलाई दिए बिशेष धन्यवाद ,बन्दुकधारी ५८ वर्षीय रायन वेस्ली रुथ को हुन् ?

इनेप्लिज २०८१ भदौ ३१ गते १०:५६ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई दोश्रो पटक हत्याको प्रयास पछि सुरक्षाकर्मी (कानून प्रवर्तन)लाई बिशेष धन्यवाद दिएका छन् । साथै बन्दुकधारी ५८ वर्षीय रायन वेस्ली रुथ भएको र उनलाई हिरासतमा लिइएको छ ।

पूर्व राष्ट्रपतिले यो एक “रमाइलो दिन” भएको टिप्पणी गरेको एबिसीन्यूजले जनाएको छ । एफबीआईले डोनाल्ड ट्रम्पमाथि ‘हत्याको प्रयास भएको’ अनुसन्धान गरिरहेको बताएको छ।

ट्रम्पले एफबीआईले आइतबार ट्रम्पको पाम बीच फ्लोरिडाको गल्फ मैदानमा भएको हत्याको प्रयासको र सुरक्षाकर्मीहरुको अविश्वसनीय” प्रतिक्रियाको लागि कानून प्रवर्तनलाई धन्यवाद दिएका छन् ।

राउथलाई फ्लोरिडा अधिकारीहरूले घटनाको सम्बन्धमा हिरासतमा लिएका छन् भने अधिकारीहरूले हत्याराको बारेमा थप विवरणहरूको लागि अनुसन्धान गरिरहेका छन्।

“म तपाईहरुको चिन्ता र शुभकामनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ,यो पक्कै पनि एक रोचक दिन थियो!” ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोशलमा आफ्नो टिप्पणी लेखेका छन् ।

ट्रम्पसँगै आएका गोप्य सेवा गुप्तचरहरूले आइतवार ट्रम्प अन्तर्राष्ट्रिय गल्फ मैदानको नजिक एके-४७ शैलीको राइफल लिएका उक्त संदिग्धलाई गोली हानेका थिए।

पेन्सिलभेनियाको बटलरमा भएको चुनावी र्‍याली(आमसभा)मा ट्रम्पको कानमा गोली हानेको करिब दुई महिनापछि यो घटना भएको हो।

पाम बीच काउन्टी शेरिफ रिक ब्राडशाले आइतवार दिउँसो एक पत्रकार सम्मेलनमा बन्दुकधारी ट्रम्पको ३०० देखि ५०० गज भित्र भएकोले उनलाई देखिएको बताए ।

गोप्य सेवाका गुप्तचरहरूले उनीमाथि चारदेखि छ राउण्ड गोली हानेका थिए । उनले आफ्नो हतियार छोडेर गाडीमा भागेका थिए। गोली चलाइएपछि ट्रम्पलाई तत्कालै गल्फ मैदानमा रहेको सुरक्षित क्षेत्रमा लगिएको थियो ।

बन्दुकधारी ५८ वर्षीय रायन वेस्ली रुथ को हुन् ?

५८ वर्षीय रायन वेस्ली रुथ हवाईमा एउटा सानो निर्माण कम्पनी(प्रतिष्ठान) का संचालक पनि हुन् । रायन वेस्ली रुथ युक्रेनका कट्टर समर्थक थिए । उनले २०२२ मा युक्रेनको भ्रमण गरेका थिए।

रुथले मे १, २०२२ मा युक्रेनी सेनाको समर्थनमा स्क्वायरमा आयोजित जुलुसमा भाग लिएका थिए । करिब छ हप्ता पछि त्यही स्थानको भ्रमण गरेका थिए, जहाँ एउटा तस्बिरमा उनलाई अन्तर्राष्ट्रिय स्वयंसेवकहरूलाई समर्थन गर्न अपिलसहित युक्रेनको झण्डाको छेउमा उभिएको देखाइएको छ।

कीभमा एएफपीद्वारा जारी गरेको अप्रिल २०२२ को श्रब्यदृश्य (भिडियो)मा रुथले पुटिनलाई “आतंकवादी” भनेका थिए । साथै उनले पुटिनलाई समाप्त गर्न आवश्यक छ समेत भनेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया