बानाको सातौ सडक महोत्सव भव्यतापूर्वक सम्पन्न

इनेप्लिज २०८१ भदौ ३१ गते १:४४ मा प्रकाशित

बानाको सातौ सडक महोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ । अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित तथा अमेरिकाकै नेपाली समुदायको अत्यन्तै क्रियाशील गैर मुनाफा सामाजिक सँस्था तथा मेरिल्याण्डको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना )ले सातौ सडक महोत्सव बिभिन्न कार्यक्रमहरुको प्रस्तुती साथ समापन गरिएको छ ।

बानाले सन् २०१५ देखि नेपालको कला ,संस्कृति ,र नेपालको प्रबर्धन गर्ने हेतुले आयोजना गर्दै आएको महोत्सव २०२४ लाई अझ बिबिध कार्यक्रमहरु थप गरि नेपाल र नेपाली पहिचान गराउन सफल भएको छ ।

बिगत बर्षहरुमा पनि आयोजना गर्दै आएको सडक महोत्सव टाउसन शहरको मुख्य बजारमै बिहान ११ बजे साँझ ५ बजे संचालन गरिएको थियो । ७ औ सडक महोत्सवमा परेड (झाँकी)प्रदर्शन ,औपचारिक कार्यक्रम ,अमेरिकामा जन्मिएका तथा दोश्रो पुस्ताका ५० जना बालबालिकाहरुको फेशन शो अर्थात् भेषभूषा प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरियो ।

बिगत बर्षहरु झैँ ७ औ महोत्सवमा बिशेष गरि मम ,सेलरोटी लगायत बिभिन्न नेपाली परिकारका खानाहरुका प्रदर्शनी कक्ष ( स्टल )राखिएका थिए । त्यहाँ आएका सहभागीहरुले आफूलाई मन पर्ने चीजहरु खरिद गरेका थिए । बिदेशी अतिथी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको उक्त महोत्सवमा औपचारिक कार्यक्रममा थोरै वक्ताहरुले मन्तब्य राखेका थिए ।

महोत्सवका प्रमुख अतिथी नेपाली दुतावासका आर्थिक सल्लाहकार युग राज पाण्डे रहेका थिए भने उनले शुभकामना दिएका थिए । त्यस्तै महाबाणिज्य दूत प्रेम राजा महत ,बाना बिओटी सभापति कूल आचार्य ,संघ/संस्थाको तर्फबाट बानाका सल्लाहकारको तर्फबाट दमन बिक्रम शाह ,टाउसन शहरका केही बिदेशी पदाधिकारीहरु लगायतले संक्षेपमा मन्तब्य राखेका थिए ।

बानाका अध्यक्ष सुबोध विलास पन्तले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन महासचिव सागर घिमिरे तथा वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीले गरेका थिए ।

बिगत बर्ष झैँ यस बर्ष पनि झाँकी ,बिभिन्न जातजातिका महिला तथा पुरुषले आ-आफ्नो भेषभूषा लगाएर महोत्सव स्थल परिक्रमा गरेका थिए। सडकमा महोत्सवमा हस्तकला सामाग्रीहरुको समेत प्रदर्शन गरिएको थियो ।

औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु ,स्थानीय कलाकार ,अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिकाले प्रस्तुति गीत तथा नृत्यहरु प्रस्तुती गरेका थिए । मेरिल्याण्डमा रहेका बिभिन्न संघ/संस्थाको साथ ,समर्थन र सहयोगले सडक महोत्सव सम्पन्न भएको छ ।

प्रतिक्रिया