भर्जिनियामा आयोजित अब नाच्छ अमेरिका कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न

इनेप्लिज २०८१ भदौ ३० गते १२:४३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनाससमा आयोजित अब नाच्छ अमेरिका कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ । कार्यक्रम स्थल खचाखच भरिएको थियो भने आयोजकले झन्डै ८०० दर्शकहरुको उपस्थिति रहेको बताए ।

नेपाली कार्यक्रमहरु आयोजना भै रहने उक्त कार्यक्रमस्थलमा दर्शकहरु उभिएर कलाकारहरुको प्रस्तुति हेर्दै झुम्दै मनोरंजन लिएका थिए ।

गत शनिबार साँझ सेप्टेम्बर १४ का दिन आयोजना भएको कार्यक्रममा रचना रिमालले मंचमा आएर नमुछे आमा दहिमा टिका र शान्ती श्री ले बोल माया गीत गाउदा सबैका आखा रसाए ।

ज्योती मगर प्रति धेरैले राखेको भ्रम कार्यक्रम हेरिसकेपछि तोडिएको ब्यक्त गरे । ज्योती मगर ,रचना रिमाल ,शान्ती श्री परियार र प्रेम राजा महतले भर्जिनियालाई लगभग ४ घन्टा लगातार नचाए ।

भर्जिनिया खुसीमा पनि र दुखमा पनि एकसाथ छ भन्ने उदाहरण दिएको भन्दै आयोजक मध्येका एक निदेश अधिकारीले दर्शकलाई धन्यबाद दिए ।

प्रतिक्रिया