अमेरिकाको लुजियाना राज्यमा समुन्द्रीआँधीका कारण ४ लाख २० हजार मानिसहरु अन्धकारमा बस्न बाध्य

इनेप्लिज २०८१ भदौ २७ गते ११:१३ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यमा समुन्द्रीआँधीका कारण ४ लाख २० हजार मानिसहरु अन्धकारमा बस्न बाध्य भएका छन् । एबिसीन्यूजका अनुसार न्यू ओर्लान्स शहरमा श्रेणी २ को आँधी अवतरण भएको जनाएको छ ।

न्यू ओर्लान्समा बुधवार साँझ समुद्री आँधी फ्रान्साइनले श्रेणी २ को जमिनमा अवतरण गरे पछि उक्त आँधीको श्रेणी १ मा परिणत भएको छ ।

राष्ट्रिय मौसम सेवाले बिहीबारदेखि दक्षिणपूर्वमा भारी वर्षा र आँधीबेरीको पूर्वानुमान गरेको छ । आँधी फ्रान्साइन लुजियानाबाट दक्षिणी मिसिसिपीमा उत्तरतर्फ सर्ने छ ।

राष्ट्रिय आँधी केन्द्रले बिहीबार बिहान न्यू ओर्लान्स उत्तरपश्चिममा फ्रान्साइन लगभग ५० माइल प्रतिघण्टाको अधिकतम निरन्तर हावाको साथ रहेको बताएको छ।

कम्तिमा ४१९ ,९४२ मानिसहरू बिहीबार बिहानै देखि बिजुलीविहीन भएका छन् । बिहीबार बिहानसम्म लुजियानामा ३९२,४४० र मिसिसिपीमा २७,५०२ ग्राहकहरुका बिजुली बिच्छेद भएको छ ।

न्यू ओर्लान्स वरपरका तटीय क्षेत्रहरूमा सबैभन्दा ठूलो प्रभाव परेको छ ।

प्रतिक्रिया