अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र कमला ह्यारिस बीच भएको बहसमा अधिकांश दर्शकले ह्यारिसले बाजी मारेको दाबी गरेका छन् । तर ट्रम्पका समर्थकहरुले उनले जितेको दाबी गरेका छन् ।
फक्सन्यूज न्यूज ट्रम्प प्रति अत्यधिक झुकाव र बफादार रहेता पनि यसले सिएनएनले दर्शकहरुको मत सर्वेक्षणमा ह्यारिसको प्रस्तुती सशक्त र उनले बहस जितेको उल्लेख गरेको छ । गत जुन महिनामा ट्रम्प र जो बाइडेन बुच भएको बहसमा ट्रम्पले सरल रुपमा बाइडेनलाई बहसमा हराएका थिए ।
सिएनएन डेमोक्र्याटिक प्रति झुकाव र जयदे इमान्दार रहेता पनि बाइडेनको प्रस्तुति प्रति नकारात्मक टिप्पणीको साथै निरन्तर खैरो खनेको थियो ।
फक्सन्यूजले प्रकाशित गरेको समाचारमा ह्यारिसको प्रस्तुती प्रति जनताले अधिक समर्थन जनाएका छन् ।
सिएनएन सर्वेक्षण अनुसार।बहस हेर्नेहरूको ठूलो बहुमतले ह्यारिसले बहसमा पूर्व राष्ट्रपति ट्रम्पलाई जितेको तर्क दिएका छन् ।
सर्वेक्षणमा ५० % ले ट्रम्पले जित्ने आशा गरेका थिए भने ५० %ले नै ह्यारिसले बाजी मार्ने आशा गरेका थिए। तर अन्त्यमा ६३ % ले ह्यारिस शीर्षमा आएकी र ट्रम्प ३७ % मा रहेन पुगे भनि सर्वेक्षणले देखाएको छ ।
ह्यारिसका समर्थकहरू मध्ये ९६ % ले आफूले जितेको ठाने भने जबकि ६९ % ट्रम्प समर्थकहरूले पूर्व राष्ट्रपतिले जितेको बताए।
सिएनएनको सर्वेक्षणमा ६०५ दर्तावाल मतदाताले बहस हेरेका थिए भने उनिहरु मतसर्वेक्षणमा भाग लिएका थिए ।
ट्रम्पका सहयोगीहरूले पेन्सिलभेनिया बहसमा पूर्व राष्ट्रपतिको प्रदर्शनको रक्षा गरेका छन्। धेरैले एबीसी न्यूज बहस मध्यस्थकर्ता डेभिड मुइर र लिन्से डेभिसको पनि आलोचना गरेका छन्।
“ट्रम्पले मुद्रास्फीतिमा लगाम लगाउन रअर्थतन्त्रलाई बलियो बनाउन, सीमा सुरक्षित गर्न र विदेश नीतिमा केन्द्रित अमेरिकी जनतालाई प्रत्यक्ष रूपमा शक्तिशाली अमेरिका प्रथम भन्ने सन्देश दिए ,” रिपब्लिकनका प्रतिनिधि सभाका अध्यक्ष एलिस स्टेफानिकले बिज्ञप्ति मार्फत भने।
“एबीसी मध्यस्थकर्ताहरू पत्रकार थिएनन्, तिनीहरू कमला समर्थक कार्यकर्ताहरू थिए ,कमलालाई बारम्बार झूट बोल्न अनुमति दिँदै आक्रमण गरे। राष्ट्रपति ट्रम्पले भारी जित हासिल गरे र चुनावको दिन फेरि जित्नेछन्,” उनले थपे।
ट्रम्पका उप राष्ट्रपतिका उम्मेदवार सिनेटर जेडी भान्सले फक्स न्यूजका सीन ह्यानिटीलाई भने, “मध्यस्थहरूले आफ्नो काम गरेनन्, तर राष्ट्रपति ट्रम्पले आफ्नो काम गरे।”
प्रतिक्रिया