अमेरिकी गायिका टेलर स्विफ्टद्वारा कमला ह्यारिसलाई समर्थन ,इलन मस्कले दिए प्रतिक्रिया

इनेप्लिज २०८१ भदौ २६ गते २२:४८ मा प्रकाशित

बिश्व प्रसिद्ध अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टले बहस पछि कमला ह्यारिसलाई समर्थन जनाएकी छिन् । अर्थात् उनले ह्यारिसलाई इन्डोर्स अर्थात् अनुमोदन गरे पछि एक प्रकारको भूकम्प आएको छ । उनको यो समर्थनले ह्यारिसलाई निकै सहयोग हुने संचारमाध्यमहरुले समाचार लेखेका छन् ।

तर बिश्वकै धनाड्य व्यक्ति इलन मस्कले ह्यारिलाई अनुमोदन गरे पछि स्विफ्टलाई धम्की दिदै ‘म तिमीलाई बच्चा दिनेछु’ भनि सामाजिक सामाजिक संजालमा टिप्पणी गरेका छन् ।

टेलर स्विफ्टले मंगलबार राती डोनाल्ड ट्रम्पको तुलनामा उपराष्ट्रपति कमला ह्यारिसलाई अझ राम्रो प्रस्तुती देखे पछि समर्थन गरेकी हुन् । उनले सामाजिक संजाल इन्स्टाग्राम प्रकाशन गर्ने बित्तिकै लाखौं उनका प्रशंसकले मन पराएका छन् ।

मस्कले आफ्नो स्वामित्वमा रहेको सामाजिक संजाल मार्फत तिमीले जित्यौ , म तिमीलाई एउटा बच्चा दिनेछु र म तिम्रा बिरालाहरूको रक्षा गर्नेछु भनि टिप्पणी गरेका छन् ।

“तपाईहरू मध्ये धेरैजस्तै, मैले आज राती बहस हेरेँ। यी उम्मेद्वारहरूले तपाईहरुलाई सबैभन्दा महत्त्वपूर्ण विषयहरूमा लिएका अडानहरूमा तपाईहरुको अनुसन्धान गर्नको लागि यो उत्तम समय हो। एक मतदाताको रूपमा म यो देशको लागि प्रस्तावित नीतिहरू र योजनाहरूको बारेमा मैले गर्न सक्ने सबै कुरा हेर्न र पढ्न निश्चित गर्दछु,” स्विफ्टले इन्स्टाग्राममा लेखेकी छिन् ।

हालसालै डोनाल्ड ट्रम्पको राष्ट्रपतिको अभियानलाई कृतिम बुद्धिमत्ता (एआई) मार्फत मैले झुटो समर्थन गरेको संजालमा प्रकाशन गरेको बारेमा मलाई ध्यानाकर्षण गराईएको उनले बताइन । उनले कृतिम बुद्धिमत्ता मार्फत गलत सूचना फैलाउने काम गरिएको समेत उनले उल्लेख गरेकी छिन ।

यसले मलाई मतदाताको हैसियतमा यस चुनावको लागि मेरो वास्तविक योजनाहरूको बारेमा धेरै पारदर्शी हुन आवश्यक छ भन्ने निष्कर्षमा पुर्यायो । म २०२४ को राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिस र टिम वाल्जलाई मतदान दिने भन्दै सामाजिक संजालमा लेखेकी छिन् ।

स्विफ्टले यस्तो लेखेकी छिन् :

“म @kamalaharris लाई मतदान गर्दैछु किनभने उनी अधिकारका लागि लड्छिन् र उनीहरूलाई बिजेता बनाउन योद्धा चाहिन्छ भन्ने मलाई विश्वास छ। मलाई लाग्छ उनी प्रतिभाशाली नेता हुन् ,हामीले यस देशमा धेरै हासिल गर्न सक्छौं। म ह्यारिस र टीमको जोडी @timwalz को छनोटबाट धेरै उत्साहित र प्रभावित भएको छु ,जो दशकौंदेखि एलजिबिटिक्युको अधिकार, आईभिएफ र महिलाको आफ्नै शरीरको अधिकारको पक्षमा उभिरहेकी छिन्,”

“मैले मेरो अनुसन्धान गरेको छु, र ,मैले मेरो छनौट गरेको छु । तपाईहरुको अनुसन्धान तपाईहरु सबैको लागी हो, र छनोट तपाईहरुको हो। म यो पनि भन्न चाहन्छु, विशेष गरी पहिलो पटक मतदान गर्ने मतदाताहरूलाई मतदान गर्नको लागि तपाईहरु दर्ता हुनुपर्दछ! मलाई प्रारम्भिक चरणमै मतदान गर्न धेरै सजिलो पनि लाग्छ। म कहाँ दर्ता गर्ने र प्रारम्भिक मतदान मिति र जानकारी प्राप्त गर्न लिंक (शृंखला ) प्रदान गर्नेछु।”

प्रतिक्रिया