ममता काफ्लेको मुद्धाको बिषयलाई लिएर आज सेप्टेम्बर १० मंगलबारका दिन करिव ४ :४५ बजे एक बिज्ञप्ती जारी गरेको छ ।
बिज्ञप्तिमा मनसास पार्क प्रहरी विभागले ममता काफ्ले अनुसन्धानमा सुझाव र नेतृत्व प्राप्त गर्न जारी राखेको जनाएको छ ।
भर्खरै एक व्यक्ति ममताको मामलामा सहयोग र जानकारी दिन अगाडी आएको र, यसले यो मामलामा सहयोग गर्ने बिज्ञप्तिमा उल्लेख गरेको छ ।
साथै प्रहरी विभागले २८ जुलाई, २०२४ देखि अगस्त ५ ,२०२४ को बीचमा नरेश भट्टसँग सम्पर्क वा कुरा गर्ने जो कोहीलाई मनसास पार्क प्रहरी विभागको ७०३ -३६१- ११३६ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
जासूसहरूले अन्तर्वार्ता वा सम्पर्क नगरेका व्यक्तिहरूको खोजिरहेका छौ ,बिज्ञप्तिमा भनिएको छ ।
ममता काफ्लेको शव अझै फेला पारिएको छैन । आगामी सेप्टेम्बर १६ का दिन पुन नरेश भट्ट अदालतमा हाजिर हुने छन् ।
https://www.facebook.com/ManassasParkPolice
प्रतिक्रिया