मुना पाण्डेकी आमाले आकस्मिक प्रवेशाज्ञा (भिसा)पाएको जानकारी राजनितिज्ञ एड्रियन पोखरेलले बताएका छन्।
टेक्सस ह्यूयटनमा हत्या भएकी मुना पाण्डेकी आमा अनिता पाण्डे अधिकारीलाई आकस्मिक प्रवेशाज्ञा( ईमर्जेन्सी भिसा) उपलव्ध गराउन विशेष अनुरोध सहित अगस्त ३० शुक्रवार १२ बजे अगाडी पठाएका थिए भने आज सेप्टेम्वर ३ मॅगलवारका दिन आमालाई अमेरिकी दूतावासले प्रवेशाज्ञा जारी गरेको छ।
अव आमा छिट्टै अमेरिका आउने भएकी पोखरेलले ईनेप्लिजलाई बताए।
पोखरेलका अनुसार उनले टेक्ससका सिनेटर टेड क्रुज , भर्जिनियाका सिनेटरहरु मार्क वार्नर, टिम केनसॅगको समन्वय गरेको बताए ।
यस्को पहल युएनपिएसि अर्थात युनाईटेड नेपाली पोलिटिकल एक्सन लगायत नेपाली समुदायले पनि साथ र सहयोग गरेको हो । यो सॅस्थाका सॅस्थापक एड्रियन पोखरेल हुन्। उनले पत्रचार गरे पछि सबैजनालाई बोधार्थ दिएको बताए ।
साथै नेपाली दुतावासले पनि मुना पाण्डेकी आमालाई प्रवेशआज्ञा दिलाउन त्यतिकै भूमिका निर्वाह गरेको छ । साथै यस क्षेत्रमा कानुन व्यवसाय तथा पेशामा संलग्न भएका व्यक्तिहरु,समुदायका अगुवा तथा नेपाली समुदायले आमालाई प्रवेशआज्ञा दिलाउन भरपूर सहयोगको साथै सवैजनाले समन्वय गरे पछि यो सम्भव भएको हो ।
ममता काफ्लेको आमा र दाजु पनि यसरीनै समुर्ण नेपाली समुदाय,नेपाली दुताबास लगायतको अथक प्रयास पछि दुवै जनाको प्रवेशाज्ञा लागेको थियो भने गत हप्ता नै उनीहरु अमेरिका आई सकेका छन् ।
प्रतिक्रिया