पुडासैनी अस्पतालमा ,नेपाली समुदायको ध्यान जाओस्

इनेप्लिज २०८१ भदौ १७ गते १३:२० मा प्रकाशित

विगत २ वर्षदेखि कोलोन न्यान्सरबाट पीडित दिपक पुडासैनीको १४ घण्टा लामो हाई प्याक सर्जरी बाल्टिमोर स्थित मेरिल्याण्ड युनभर्सिटिजमा अगष्ट २८ मा सफलतापुर्वक सम्पन्न भएतापनि ८ घण्टा नपुग्दै अन्य समस्या आएपछि २९ तारिखका दिन दोहोर्यार पुन सर्जरी गरिएको थियो ।

हाल पुडासैनी अस्पतालमानै स्वास्थयलाभ गरिरहनु भएको छ । यस्ता किसिमको सर्जरी भएपछि कम्तिमा २ साता अस्पतालमा नै बस्नुपर्ने बताइएको छ । स्मरण रहोस् २ वर्षको अवधिमा पुडासैनीले यस अघि पटक पटक गरी ३ अप्रेसन र करीब १६ किमो व्याहोरी सक्नु भएको छ ।

आजभन्दा ४ वर्ष अगाडि श्रीमती र २ छोरा (वर्ष ८ र वर्ष १६) सहित अमेरिकामा आउनु भएको पुडासैनीको आर्थिक बोझको प्रमुख जिम्मेवारी विरामी स्वयं र उनका श्रीमती जानकी देवकोटामा निर्भर रहेको तथा हाल पुडासैनी अस्पतालको शैयामा र देवकोटा आफ्नो श्रीमानको हेरचाहको लागि अस्पतालमा नै बसिरहनु पर्ने भएकोले नेपाली समाजको ध्यान यतातिर ध्यान जानु पर्ने देखिन्छ ।

अहिले सो परिवारलाई नेपाली समाजको मद्दतको अत्यन्त जरुरत छ । उहाँको परिवार हाल अमेरिकाको भर्जिनिया स्थित च्यान्टलीमा बस्दै आउनु भएको छ ।

बच्चाहरुको हेरचाहको लागि दिपक पुडासैनीका पिता १ महिना अघि अमेरिका आउनु भएको छ ।

प्रतिक्रिया