युक्रेनले रुसी सैन्य अड्डामा मानवरहित यान (ड्रोन )बाट आक्रमण गरेको जनाएको छ । र उक्त सैन्य अड्डामा ठूलो आगजनी भएको एबिसीन्यूजले जनाएको छ ।
रुसको भोल्गोग्राद क्षेत्रमा रहेको मारिनोव्का एयर बेस(सैनिक अड्डा) लाई निशाना बनाइएको हो ।
रात भरि मानवरहित यान (ड्रोन)द्वारा लक्षित गरेपछि बिहीबार बिहान एक रूसी सैन्य एयरफिल्ड(हवाई अड्डा)मा ठूलो आगो बलिरहेको अधिकारीहरूले बताएका छन ।
रूसको सामाजिक संजालमा प्रसारित श्रब्यदृश्य ( भिडियो)हरूले दक्षिणी रूसको भोल्गोग्राड नजिकैको मारिनोभका हवाईअड्डा (एयरफिल्ड)बाट आगो र बाक्लो कालो धुवाँ उठेको देखाएको छ । उक्त क्षेत्रका गभर्नरले रातभरि धेरै मानवरहित यान (ड्रोन )हरूद्वारा आक्रमण गरिएको पुष्टि गरे ।
गभर्नर आन्द्रे बोचारोभले मानवरहित यानलाई गोली हानेर खसालिएको दाबी गरे तर एउटा खसेकोले आगलागी भएको हो।
गत हप्ता युक्रेनले पश्चिमी रुसमा चार प्रहार गरी हवाईअड्डालाई लक्षित गरी युद्धको सबैभन्दा ठूलो आक्रमण गरेको थियो ।
रुसको दक्षिणी रोस्तोभ क्षेत्रको प्रमुख इन्धन भण्डारण सुविधामा पनि ठूलो आगो फैलिन जारी रहेको छ भने आक्रमण पछि पाँच दिनदेखि नियन्त्रण बाहिर रहेको छ।
प्रतिक्रिया