युक्रेनले रुसको कुर्स्कको पुल ध्वस्त पारि दिएको छ । यो ध्वस्त संगै श्चिमी हतियार प्रयोग गरेको रुसले आरोप जनाएको छ ।
मस्कोले पश्चिमी रुसको पुल भत्कादा युक्रेनी आक्रमणको बीचमा सर्वसाधारणको उद्धारमा बाधा पुग्ने बताएको छ।
रुसले युक्रेनले कुर्स्क क्षेत्रको सेम नदीमा रहेको रणनीतिक पुललाई निशाना बनाउन पश्चिमी क्षेप्यास्त्र हरू प्रयोग गरेको आरोप लगाएको छ। नागरिकहरूलाई बाहिर निकाल्न खोजिरहेका स्वयंसेवकहरूलाई मारेको समर दोष लगाएको छ ।
युक्रेनी सेनाले गत शुक्रबार कुर्स्कको ग्लुसकोव्स्की जिल्लाको पुलमा आक्रमण गरेको रुसी अधिकारीहरुले बताए ।
“पहिलो पटक कुर्स्क क्षेत्रमा पश्चिमी-निर्मित क्षेप्यास्त्र सम्भवतः अमेरिकी एचआईएमएआरएसद्वारा प्रहार भएको थियो,” रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले टेलिग्राम सन्देश एप(अनुप्रयोग)मा शुक्रबार ढिलो बताइन ।
“पुलमा आक्रमणको परिणाम स्वरूप … यो पूर्ण रूपमा ध्वस्त भयो, र खाली गरिएको नागरिक आबादीलाई सहयोग गरिरहेका स्वयंसेवकहरू मारिए।” उनले थपिन ।
टासले आक्रमणमा मारिएका दुई स्वयंसेवकको नाम सार्वजनिक गरेको छ। रुसी अधिकारीहरूले पुल भत्कादा यस क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकाल्न बाधा पर्ने बताएका छन्।
अल जजीराका रक्षा सम्पादक एलेक्स गाटोपोलोसले शुक्रबारको पुल बम विष्फोटले रुसी सेनालाई युक्रेनी प्रगति र पहुँच आपूर्तिहरू विरुद्ध क्षेत्रको रक्षा गर्न गाह्रो बनाउने बताए।
प्रतिक्रिया