अटवा – अटवामा दुइ दिने प्राज्ञिक सम्मेलन सम्पन्न भएको छ।
अटवाको नेपाली समुदाय तथा अटवा विश्वविद्यालयको नेपाली विद्यार्थीसंगठनद्वारा संयुक्तरुपमा अटोवा विश्वविद्यालयमा आयोजित दुइ दिनेप्राज्ञिक सम्मेलनमा अमेरिका, बेलायत, क्यानाडा तथा नेपालका समेत१०० भन्दा बढी अध्येताहरूको सहभागिता थियो।
सम्मेलनमा न्यु ब्रन्जविक विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक बासुशर्माले फरक फरक संस्कृतिहरुका बीच वार्ता (नेगोसियसन) गर्दा आइपर्नेकठिनाइ तथा तिनलाई समाधान गर्ने तरिकाबारे रोचक प्रस्तुति गरेकाथिए।
त्यस्तै संयुक्त राष्ट्र संघमा काम गरिसकेका अध्येता रमेश श्रेष्ठलेअनुसन्धानकर्ताहरुले गएको झन्डै ५० वर्षदेखि जलवायु परिवर्तन, प्रदूषण, खाद्य संकट तथा वातावरणीय संकटका बारेमा सजग गराउँदै आएकोभएता पनि ती समस्या समाधान गर्ने तर्फ विश्व नेताहरुले प्रभावकारीकदम नचालेको गुनासो गरे।
न्याचुरल रेसोर्सेज क्यानाडामा कार्यरत डाअजय बिस्टले जलवायु परिवर्तनको समस्या संग जुध्न स्थानीयनगरपालिकाहरुले नेतृत्व लिनु पर्ने बताए।
इन्सटिच्युट फर नेपाल्स प्रस्परिटीसंग आबद्ध अर्थ शास्त्री राम आचार्यलेविप्रेषण (रेमिटान्स) ले नेपालको अर्थतन्त्र धानेको भएता पनि बढ्दोव्यापार घाटाले नेपाली अर्थतन्त्रको संकटलाई उजागर गरेको बताए।विप्रेषणले मुलुकलाई अरु बढी कमजोर र संरचनात्मक रुपमा कमजोरबनाएको बताउंदै आचार्यले नेपाली युवाहरुमा बढ्दै गएको जसरी पनिमुलुक छाड्ने भन्ने धारणाले देश भित्र उद्यमशीलता, नव परिवर्तन तथाआशा मार्दै गएको जनाए।
उनले सन् २०१५ सम्म नेपालको विप्रेषणलेकूल आयात धानी रहेको भएता पनि सन् २०१५ पछि भने ऋण खोजेरआयात गर्नु पर्ने स्थितिमा मुलुक पुगेओ बताए। उनले यो समस्यासमाधान गर्न नयाँ जाँगर र सोचका साथ अगाडी बढ्न सुझाव दिए।
सम्मेलनमा स्टाटिस्टिक्स क्यानाडामा कार्यरत डा रचना देवकोटालेनेपालका पहाडी भूभागमा खेतिपातीमा यन्त्रको प्रयोग, अंटेरियोस्थित सेन्टमाइकल अस्पतालमा कार्यरत वरिस्ठ नर्स राधिका अर्यालले क्यानाडामागाँजा प्रयोग सम्बन्धी निर्देशिका र क्यानाडाको स्वास्थ्य विभागमा कार्यरतडा गोविन्द दाहालले नेपालको स्वास्थ्यका सामाजिक सूचकहरु बारेप्रस्तुति दिएका थिए।
त्यस्तै अटवा विश्वविद्यालयमा पत्रकारिता विषयका प्राध्यापक डाभानुभक्त आचार्यले क्यानाडाका अधिकांश विश्वविद्यालयहरुमा ‘च्याटजीपीटी’ जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित कृत्रिमसहायकको प्रयोगमा रोक लगाइएको तर ‘एडिट जीपीटी’ जस्ताच्याटबोटहरु प्रयोग गर्न दिइएको बताए। पत्रकार भगीरथ योगीलेप्रवासमा संचालित नेपाली अनलाइन पोर्टलहरुको व्यवसायिकता तथादीगोपना एवं पत्रकार जयराम गौतमले क्यानाडास्थित नेपालीसमुदायलाई सुसूचित गर्न अनलाइन पत्रिका ‘नेपाल टच’ पत्रिकाकोभूमिका बारे प्रस्तुति गरेका थिए।
आइतबार आयोजित समापन समारोहलाई सम्बोधन गर्दै क्यानाडाकालागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानाडा नेपालको एकमहत्वपूर्ण विकास साझेदार रहेको बताए। राजदूत पौड्यालले नेपाल तथाक्यानाडाबीच मैत्रीपूर्ण, विश्वासमा आधारित र कुनै पनि दुइ मुलुक बीचहुन सक्ने सर्वोत्तम द्विपक्षीय सम्बन्ध रहेको जनाए ।
राजदूत पौड्यालले नेपालको संविधानमा उल्लेखित गैर आवासीय नेपालीनागरिकता कार्यान्वयनमा ई सकेको र नेपाल सरकारले नेपाल नागरिकताऐन र नियमावलीहरुलाई संशोधन गरेको बताए । ‘संविधानमा उल्लेखभए अनुसारका गैर आवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक रआर्थिक अधिकार उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ उनले भने ।
नेपाल सरकारले प्रवासमा रहेका नेपालीहरुसंग रहेको सीप, श्रोत, अनुभवर प्राविधिक क्षमता मुलुकको हितमा उपयोग गर्ने नीति अपनाएको स्मरणगर्दै राजदूत पौड्यालले नेपाली डायसपोराको यस किसिमकोसहयोगलाई नेपालले सधैं स्वागत गर्ने जनाए ।
सम्मेलन आयोजकहरुको तर्फबाट बोल्दै प्रा बासु शर्माले क्यानाडामारहेका नेपाली प्राज्ञ, पेशाकर्मी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुलाई एकै थलोमा ल्याई एक अर्काले गरेका अध्ययन तथा अनुसन्धानबारेछलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजन गरिएको बताए । उनले कार्यपत्र प्रस्तोता, प्रायोजक, सहभागी लगायत सबैलाई धन्यवाद दिए ।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, जीव विज्ञान तथा बायोस्टाटिस्टिक्स, भूगर्भविज्ञान तथा रिमोट सेंसिंग, जल वायु परिवर्तन, स्वास्थ्य विज्ञान, अर्थशास्त्र, मिडिया एवं पत्रकारितासंग सम्बन्धित झन्डै तीन दर्जनप्रस्तुतिहरु गरिएको थियो ।
सम्मेलनमा अमेरिकाको बिङ्घमटन विश्वविद्यालयका एसोसियटप्राध्यापक डा तारा पी ढकालले नयाँ विकास भैरहेका सौर्य सेल प्रविधितथा त्यसको व्यवसायीकरणको सम्भावनाबारे विशेष प्रस्तुति दिएकाथिए। त्यस्तै कार्लटन विश्वविद्यालयका प्राध्यापकहरु डा उत्कर्ष जे डांग, डा संजीना डांग सुवेदी, न्यु ब्रन्जविक विश्वविद्यालयका डा दिनेश गजुरेल, इडिका पौडेल, पुष्प आचार्य, सोनिका लामिछाने, अटोवाविश्वविद्यालयका महनिश जंग थापा, निनम राइ, स्यामुएल कार्की, राजनसुवाल, युनिसेफका पूर्व अधिकारी कृष्ण केसी, अश्विन ढकाल, अनिशअधिकारी लगायतले प्रस्तुति दिएका थिए।
प्रतिक्रिया