अन्तर्राष्ट्रिय प्रहरी संगठन( इन्टरपोल)ले युरोप, उत्तरी अमेरिका र अफ्रिका सहितमा लागूऔषध तस्करी विरुद्धको दुई महिनाको अभियानको भागको रूपमा २०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको र करिब १.६ बिलियन डलर बराबरको अवैध लागूऔषध र अग्रसर रसायन बरामद गरेको जनाएको छ।
फ्रान्सको लियोनमा रहेको अन्तर्राष्ट्रिय प्रहरी संगठनले अप्रिल र मे महिनामा अपरेशन लायनफिस हरिकेन नामक कारवाहीले ६१५ टन अवैध लागूऔषध र रसायन बरामद गरेको बताएको छ।
कारवाहीमा २०६ जनालाई गिरफ्तार गरेको छ । र ,६५ वटा चोरी निजी सवारी साधन (कार)हरू जफत गरेको छ । यो दुई महिनाको कारबाहीमा बरामद लागुऔषधको मूल्य केही देशहरूको जीडीपी भन्दा बढी भएको एबिसीन्यूजले जनाएको छ ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन(इन्टरपोल)ले लागूऔषध र विस्फोटक पदार्थ दुवै बनाउन प्रयोग हुने ५०५ टन पूर्ववर्ती रसायन बरामद गरेको जनाएको छ ।
सन् २०१३ देखि “लायनफिस” सञ्चालनको शृङ्खलाको एक भाग रहेको उक्त कारवाहीलाई बेलायती गृह कार्यालयले वित्त पोषित गरेको थियो र यसमा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका अतिरिक्त ३१ देशहरू संलग्न थिए।
प्रतिक्रिया