महिला सुरक्षा दवाव समुहकी सल्लाहकार अम्बिका श्रेष्ठ नेपालको वरिष्ठ उद्यमी पनि हुन् । उनी अहिले द्वारिकाज होटलको अध्यक्षको रूपमा कार्यरत छन्।भारतको सिक्किममा सन् १९३३ फेब्रुअरी १२ मा जन्मेकी अम्बिकाले दार्जिलिङको लोरेटो कन्भेन्ट स्कुलमा पढिन् । उनले आफ्नो उच्चशिक्षाको अध्ययन पटना युनिभर्सिटीबाट,वाणिज्य शास्त्रमा ( स्नातकसम्म ) गरिन् । नेपालका व्यवसायीक घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ भित्रीएकी श्रेष्ठ श्रीमानको निधनपछि द्वारिकाज होटलको अध्यक्ष बनेकी थिइन् ।
अम्बिका श्रेष्ठ अघिल्लो पुस्ताकी अग्रज तथा ” छोरी घरबाट निस्कनु हुदैन, पढ्न हुदैन,जागिर खान हुदैन भन्ने समयकी महिला हुन् । यस्ता चुनौतीहरुको सामना गर्दै हिड्ने क्रममा उनले पढ्ने,व्यवसाय गर्ने र विदेश जाने जस्ता काम गर्ने मौका पाइन् । उनका श्रीमान् टर्मिनल मार्केटिंग सम्हाल्थे । उनका श्रीमान विदेश गएर क्लाइण्डसँग संवाद र सामाजिक सम्पर्क गर्न सक्ने शिप भएका व्यक्ति थिए । सामाजिक सम्पर्क,संवाद र सम्पर्कको त्यहि कामबाट दुबैले केही व्यवसायीक सीप सिके र व्यवसायको सुरूवात गरे ।
श्रीमान पनि अम्बिकाको हरेक कामलाई सहयोग र समर्थन गर्थे ।श्रीमानको सहयोग र समर्थन पाएको कारण अम्बिकाको यात्रा जापानसम्म पुग्यो । उनी नियम,कानुनलाई पालना गरेर अघि बढ्न मन पराउने महिला तर,जापानीहरुसँग काम गर्दा अलि आफु हेपिएको महसुस गरिन् । उनी पुरुषहरु सरह सबै काम सफलतासाथ सम्पन्न गर्थिन् । कामप्रति मेहनती भएकै कारण कहिकतै महिलाको कामलाई हेपेको,हियाएको र व्यवहारमा भेद गरेको देख्दा उनलाई खुब रिस उठ्थ्यो । आफ्नो त्यो बानी उनले विस्तारै बदलिन् । अम्बिकाको सबैलाई सम्मान गर्ने बानी पछि जापनिजलाई मन पर्यो अनि मात्रै सम्बन्धको सद्भाव बढ्यो ।
अम्बिका सफल महिला उद्यमीको रूपमास्थापित नाम हो । उनले विभिन्न समयमा विभिन्न संघसंस्थाबाट राष्ट्रिय सम्मान प्राप्त गरेकी छिन्। उनी हिमाल मिडियाको सञ्चालक तथा अध्यक्ष भइन् । हिमाल मिडिया बाहेक उनी दर्जनौं सामाजिक संघसंस्थामा आबद्ध भएर काम गरिरहेकी थिइन् । यस्ता अनेकौं कामहरु मध्ये बत्तीसपुतलीस्थित द्वारिकाज् हेरिटेज होटलको सफलतामा उनको प्रमुख भुमिका रहेको थियो ।
यो ऐतिहासिक सम्पदामा जोडिएको होटल हो । होटल कलात्मक काठका झ्यालहरूले सुसोभित छन् ।होटलको बाहिर, ढुङ्गा छापेको आँगन, ऐतिहासिकता झल्कने इँटाबाट निर्मित अन्य भवनहरू र बगैंचाले होटलमा नेपाली जनजीवन, नेपालीपनका अनेकौं विशेषता भव्य देखिन्छ होटल द्वारिकाका योजनाकार उनका पति द्वारिका दास श्रेष्ठले आफ्नो जीवनको लामो कालखण्डमा समर्पित गरेर यो होटल निर्माण गरेका थिए । वास्तवमा, द्वारिका होटल नेपालको सांस्कृतिक सम्पदा जोडिएको होटेलको इतिहासको पनि इतिहास हो भन्दा फरक नपर्ने होटल हो । अम्बिकाले दासको सपनालाई जीवन्त द्वारिका बनाउँदै नेपाली उद्योग जगतमा आफ्नु पहिचान बनाउन सकिन्/ बनाइन । द्वारिका उनका ससुरा (दासका बुवा)ले होटल व्यवसायको नाम सुन्ने बित्तिकै प्रतिक्रिया दिदै यस्तो भनेका थिए, – “हाम्रो परिवारमा आजसम्म कसैले होटल व्यवसाय गरेको छैन ! यो सोच्नुपर्ने काम हो ।” पछि यो कामले उनीहरूको समाजिक उचाइ माथि उठ्यो । कामप्रतिको सामाजिक दृष्टिकोण बदलिएर ” कुनै पनि काम सानो र नराम्रो ” हुदैन भन्ने सन्देश समाजमा फैलियो । यो काम सुरु गरेको केहिवर्षसम्म नाता,सम्बन्धभित्रका सयौंले निरूत्साहित मात्रै होइन अछुत जस्तै बनाएको स्मरण पनि अम्बिका श्रेष्ठले कुराकानीका सन्दर्भमा बताएकी थिईन् । ” उनी पनि काम र कामप्रतिको निरन्तरताले द्वारिका दास हुन सफल भएका हुन !” अम्बिकासँगको अन्तिम वार्तालापका अन्तिम शब्दहरुबाट पुष्टि हुनजान्छ ।
काठमाडौ पुरानो बानेश्वरको बत्तीसपुतली छेउमा अवस्थित एउटा लक्जरी होटल हो । होटल आँगन वरिपरि केन्द्रित परम्परागत सम्पदा नेपाली घरहरूको संग्रह हो, जसले यसलाई एशियाको उत्कृष्ट होटलहरू मध्ये एक बनाउँछ। ८० कोठा र ४८ सुइटसहितको द्वारिकाज होटलले निर्माण गर्न ३० वर्षभन्दा बढी समय लगाएको थियो। नेपाली वास्तुकलाको परम्परा जोगाउने प्रतिबद्धताका लागि यसलाई संस्कृति सम्पदा संरक्षणका लागि युनेस्को एशिया-प्यासिफिक हेरिटेज अवार्डबाट सन् १९८० मा पाटा (प्यासिफिक एशिया ट्राभल एसोसिएसन) हेरिटेज गोल्ड अवार्डबाट सम्मानित गरिएको थियो ।होटल यसको सांस्कृतिक संरक्षण प्रयासहरूको लागि प्रसिद्ध छ। यसको शुरुवात संस्थापक द्वारिका दास श्रेष्ठले काठमाण्डौंका परम्परागत भवनहरूका पुराना नक्काशीहरूलाई जोगाउने निर्णय गरे र यो कामको थालनी गरेका थिए । सन १९५२ मा, श्रेष्ठले सिकर्मीहरूले भत्किएको पुरानो भवनको काठको स्तम्भलाई दाउराको रूपमा प्रयोग गर्न सिकर्मीहरूले काटेको देखे।यी ऐतिहासिक नक्काशीहरूलाई बचाउन र पुन: प्रयोग गर्न उनको जीवनभरको मिशनलाई प्रेरित गर्यो।
श्रेष्ठले सुरुमा यी नक्काशीहरू विदेशबाट आएका एकजना मास्टर विद्यार्थीको कोठामा राखेका थिए।श्रेष्ठलाई परम्परागत काठको नक्काशीले अतिथि सत्कारका लागि कोठाहरु निर्माण गर्ने विचार आयो ।यसरी होटेल उद्यम सुरु भयो। उनले “डाचियापा” प्रविधिलाई पनि पुनर्जीवित गरे ।नक्कली इँटा बनाउने नेवारी परम्परागत विधि पनि यसमा प्रयोग भयो । यहि कामसँग निरन्तर लागि रहेको समयमा अम्बिकाका श्रीमानको निधन सन् १९९२ मा भयो । पतिको निधनपछि सम्पुर्ण जिम्मेवारी आफुले लिएर होटल सम्पन्न गर्ने दायित्व पनि पूरा गरिन् ।
उनले विभिन्न क्षेत्रबाट अनेकौं सम्मानहरु पाइन । त्यसमध्ये गोरखा दक्षिण बहू चौथो, प्रख्यात त्रिशक्ति पट्टा,बीपीडब्लू इन्टरनेशनल द्वारा सम्मान चिन्ह,स्पेनका महामहिम राजा जुआन कार्लोसद्वारा क्रुज डे आधिकारिक डे ला अर्डेन डे इसाबेल ला क्याटोलिकाको सजावट र रोटरी क्लब इन्टरनेशनलद्वारा सर्भिस अबभ सेल्फ अवार्ड आदिले सम्मानित हुने मौका पनि पाइन्
अम्बिकाले आतिथ्य उद्योगमा काम गर्नुका साथै नेपालका लागि स्पेनको मानार्थ महावाणिज्य दूत थिइन् । उनले नेपाली विरासत,समाज, व्यवसाय र व्यावसायिक महिला नेपालको पनि नेतृत्व गरिन् । उनी महिला सुरक्षा दवाव समूहको संस्थापक सदस्यीय र सल्लाहकारमा पनि स्थापना कालदेखिकै निरन्तरता थियो । संघसंस्था सगँसगैं उनले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र पिछडिएका महिलाहरूको कल्याणका लागि वकालत गर्ने कुरामा ध्यान केन्द्रित गरिन्।
उनले पति र परिवारबाट आर्थिक स्वतन्त्रताको वकालत गर्दै महिला उद्यमीहरूका लागि बैंक ऋण सुरक्षित गर्ने र विभिन्न प्रकारका तालिमहरु पनि सञ्चालन गर्ने गर्थिइन । यसरी काम गर्ने क्रममा विरगञ्ज,विराटनगर,काभ्रे ,सिन्धुपाल्चोक,बुटवल लगाउत देशका धेरै जिल्लामा काम गरेकी छन् । यसरी महिलालाई व्यवसायीक तालिम दिने पहिलो नेपाली महिला हुन्।
उनले विभिन्न क्षेत्रबाट अनेकौं सम्मानहरु पाइन । त्यसमध्ये गोरखा दक्षिण बहू चौथो, प्रख्यात त्रिशक्ति पट्टा,बीपीडब्लू इन्टरनेशनल द्वारा सम्मान चिन्ह,स्पेनका महामहिम राजा जुआन कार्लोसद्वारा क्रुज डे आधिकारिक डे ला अर्डेन डे इसाबेल ला क्याटोलिकाको सजावट र रोटरी क्लब इन्टरनेशनलद्वारा सर्भिस अबभ सेल्फ अवार्ड आदिले सम्मानित हुने मौका पनि पाइन् ।
अहिले पनि होटल श्रेष्ठ परिवारद्वारा नै सफल व्यवस्थापन गरिएको छ । त्यहाँ अहिले पनि निजी काठको ठूलो संग्रह छ। स्वर्गीय द्वारिका श्रेष्ठले सन १९६२ को सुरुमा काठको नक्काशीलाई पुनर्जीवित गर्न स्थापना गरेको पुनर्स्थापना कार्यशाला अहिले पनि सञ्चालनमा छ, यद्यपि यो अहिले ठूलो तर क्षतिग्रस्त टुक्राहरूको लागि मात्र प्रयोग गरिन्छ।
अम्बिका श्रेष्ठ (१२ फेब्रुअरी १९३३ – १८ जुलाई २०२४) एक प्रख्यात नेपाली होटल व्यवसायी र नेपाली सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँने व्यक्तित्व आफ्नो अन्तिम सास रहुँजल द्वारिका होटल्स एण्ड रिसोर्ट्सको गतिशीलताको पक्षमा सकृय रहँद वि स २०८१ साल श्रावण ३ गते हामीबाट मात्रै होइन,आफ्नो जिवनबाटै विश्राम लिएकी छन् । अघिल्लो पुस्ताकी अग्रणी अम्बिका श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली साथै शोकाकुल परिवारले अम्बिकाको शोकलाई शक्तिमा बदल्ने साहस प्राप्ति गरोस् भन्दै समवेदना ट्याउन चाहान्छु ।
सीता ओझा
प्रतिक्रिया