बैंककको एक अतिथिगृहमा भियतनामी र अमेरिकीको रगतमा साइनाइडको निशान सहित ६ जना मृत अवस्थामा फेला

इनेप्लिज २०८१ साउन २ गते १०:५१ मा प्रकाशित

बैंककको एक अतिथिगृह(होटल)मा भियतनामी र अमेरिकीको रगतमा साइनाइडको निशान सहित ६ जना मृत अवस्थामा फेला परेको एबिसीन्यूजले जनाएको छ ।

प्रारम्भिक शव परीक्षण (पोस्टमार्टम )परिणामहरूले मध्य बैंकक स्थित एक विलासी अतिथिगृह (लक्जरी )का कोठाहरुमा ६ जनाको रगतमा साइनाइडको निशान पाईएको जनाएको छ ।

थाई अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार तिनीहरूमध्ये एकले अरूलाई विष दिएको विश्वास गरिएको छ ।

बिशाल बजार ,सरकारी भवन र सार्वजनिक मार्ग स्थित व्यस्त राजधानीको केन्द्रमा रहेको ल्यान्डमार्क ग्रान्ड हयात इरावान बैंककमा मंगलबार शवहरू फेला परेका थिए।

गत सोमबार दिउँसो कोठामा खाना पुर्‍याउँदा छ जना अन्तिम पटक जीवित देखिएका थिए। कर्मचारीले एउटी महिलालाई खाना लिइरहेको देखे, र सुरक्षा तस्बिरहरुका अनुसार बाँकीलाई एक एक गरेर केही बेरमा आइपुगेको देखाएको समाचारमा उल्लेख छ ।

त्यहाँ अरू कुनै आगन्तुकहरू नभएको र कोही बाहिर निस्केको र ढोका बन्द भएको पाइएको थियो । गत मंगलबार दिउँसो कोठाबाट बाहिर ननिस्के पछि एउटी कामदारले उनीहरुलाई फेला परेकी थिइन् ।

थाई प्रहरीले कोठामा फेला पारेको कप र थर्मसमा साइनाइडको निशान रहेको बताए। घटना पछि उनीहरुलाई बैंककको चुलालोङकर्न अस्पतालमा लागिएको र छ वटा शवको प्रारम्भिक शव परीक्षण गर्दा साइनाइड भएको पुष्टि भएको छ \

चुलालोङकर्न विश्वविद्यालयको चिकित्सा बिद्यालयका अदालतसम्बन्धी विभागका प्रमुख कोर्नकियाट भोंगपैसार्नसिनले एक पत्रकार सम्मेलनमा सबै छ वटा शवको रगतमा साइनाइड फेला परेको बताए ।

बैंककका प्रहरीका उप प्रमुख थिटी साङ्सावाङले मृत्यु हुनेमा दुई भियतनामी अमेरिकी र चार भियतनामी नागरिक रहेको र तीन जना पुरुष र तीन जना महिला रहेको बताए । उनीहरुको उमेर ३७ देखि ५६ सम्म रहेको बैंककका उपप्रहरी प्रमुख नोप्पासिन पुनसवतले जानकारी दिए । उनले मुद्दा व्यक्तिगत भएको र पर्यटकको सुरक्षामा कुनै असर नपर्ने जनाए ।

बैंककका प्रहरी प्रमुख थिटी साङ्सावाङले गत मंगलबार चार शव बैठक कोठामा र दुई शव सुत्ने कोठामा फेला पारिएको बताए । भियतनामी र संयुक्त राज्य दूतावासलाई मृत्युको बारेमा सम्पर्क गरिएको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया