अमेरीका, कोलोराडो
जुलाई १३,२०२४
कोलोराडोमा रहेका नेपाली समुदाय बिच सकृय जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको २२ औं बार्षिक साधारण सभा एक समारोह बिच सम्पन्न भएको छ ।
नेपालीहरुको आस्थाको केन्द्र नेपाली घरमा शनिबार बिहान १० बजे देखी दिउसो १ बजेसम्म आयोजित साधारण सभा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, कलाकार, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बा आमा, दाजुभाइ, दिदीबहिनीहरुको उपस्थिती रहेको थियो ।
समाजसेवी द्धय रोहीणीकुमार शर्मा र विजयराज शर्माको विशेष उपस्थितीमा सम्पन्न २२ औं साधारण सभाले संस्थाका उपाध्यक्ष बिकाश त्रीपाठीद्धारा पेश गरिएको आर्थिक प्रतिवेदन र अध्यक्ष अर्जुन बगालेद्धारा पेश गरिएको संस्थाको प्रगती प्रतिवेदन तथा भावी कार्ययोजना बिभिन्न सुझाव सहित पारित गरेको थियो ।
संस्थाका अध्यक्ष अर्जुन बगालेको अध्यक्षतामा संम्पन्न साधारण सभामा उपस्थित बिभिन्न संस्थाका पदाधिकारी तथा बुद्धिजिवी समाजसेवीहरुले संस्थाको बार्षिक साधारण सभाको सफलताको कामना गर्दै भावी कार्ययोजनाकालागी बिभिन्न सुझाव तथा सहयोगको प्रतिबद्धता जनाएका थिए । बक्ताहरुले बिशेषगरी यहींको रहन सहनमा हुर्के बढेका दोश्रो पुस्ताका युवाहरुलाई समेट्दै अघी बढ्न, युवा लक्षित र्कायक्रमहरु बनाउन, कार्यसमितीमा उनीहरुको उल्लेख्य प्रतिनिधीत्वहुने बातावरण सृजना गर्न, तथा संस्थाको स्थापना कालदेखी निरन्तर आयोजना गरिदै आएको दशैं तिहार, नेपाली नयांबर्ष तथा समर पिकनिकलाई परिमार्जन गदै युवा लक्षित बनाई उनीहरुको सहभागीता बढाउदै पुस्तान्तरण गर्ने बतावरण सृजना गर्न सुझाव दिएका हुन् । यदि अब रणनितीका साथ अगी नबढे हाम्रो भाषा संस्कृती बिस्तारै लोपहुने भन्दै कोलोराडो कै सबैभन्दा पुरानो संस्थाबाट पुस्तान्तरणको लागी बिशेष पहलगर्न सुझाव दिएका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष टिका पौडेलद्धारा अतिथीहरुलाई स्वागत गरिएको कार्यक्रम पब्लिक रिलेशन अफिसर तेजप्रसाद ढकालले सञ्चालन गरेका थिए । कार्यक्रममा अन्तराष्ट्रिय साहित्य समाजको हालै संम्पन्न निर्वाचनमा महासचिव र कोषाध्यक्ष पदमा निर्वाचित कोलोराडो निवासी द्धय राजु सिटौला र तारा अधिकारीलाई सम्मान गरिएको थियो । त्यसैगरी सोही समारोहमा कोलोराडोमा सकृय संस्था नेपाली घरको हालै संम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित गंगा चौलागाइ र रिसोर्स तथा फेसीलिटी अफिसर पुस्कर बस्नेतलाइ पनि सम्मान गरिएको थियो । कार्यक्रममा बल्ड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टरले आयोजना गरेको रक्तदान कार्यक्रममा रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले बिशेष योगदान गरेको भन्दै संस्थाका अध्यक्ष डा. शारदा काफ्ले त्रीपाठीले रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेलाई मायांको चिनो प्रदानगरी सम्मान गरेकी थिईन ।
कार्यक्रममा संस्थाका अध्यक्ष बगालेले यहां बसोवास गर्दै आएका नेपाली भाषी दाजुभाई दिदी बहिनीहरु बिच एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न, हाम्रो भाषा संस्कृतीको जगेर्ना गर्दै भावी सन्ततीमा पुस्तान्तरण गर्ने बतावरण सृजनागर्न संस्थाले स्थापना कालदेखी बिभिन्न र्कायक्रम आयोजना गर्दै आएको भन्दै आगामी दिनमा पनि यहाहरु सबैको सल्लाह सुझावलाई आत्मासाथ गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाए । उनले बार्षिक साधारण सभामा उपस्थित भइ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए ।
प्रतिक्रिया