चर्चित बेलायती टेलिभिजन( दूरदर्शन)की प्रस्तोता , लेखक तथा नमुना महिला( मोडल)लाई बलात्कार र हत्या गर्ने षड्यन्त्र गरेको अभियोगमा एक व्यक्तिलाई जन्मकैदको सजाय सुनाएको सिविएसन्यूजले जनाएको छ ।
बेलायतकी होली विलोबीलाई अपहरण, बलात्कार र हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा एक व्यक्तिलाई शुक्रबार आजीवन कारावासको सजाय सुनाइएको हो।
अमेरिकाको मिनेसोटा प्रहरी अधिकारीले कानुनी कारवाही गर्न मद्दत गरेको सिविएसन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
लन्डनबाट करिब ४० माईल पूर्वमा रहेको चेल्म्सफोर्ड क्राउन अदालतमा भएको सजाय सुनुवाइमा न्यायाधीश एडवर्ड मुरेले ३७ वर्षीय गेभिन प्लम्बलाई पेरोल( मौखिक प्रतिज्ञा) लागि योग्य हुन सक्नु अघि उनले न्यूनतम १६ वर्षको अवधि सेवा गर्नुपर्ने बताए।
आठ दिनको सुनुवाइपछि गत हप्ता निर्णायक मण्डलले प्लम्बलाई दोषी ठहर गरेको थियो।
प्रतिक्रिया