युक्रेनको बाल अस्पताल सहित बिभिन्न स्थानमा भएको रुसी आक्रमणबाट मर्नेहरुको कूल संख्या ३७ पुग्यो ,१७० जना घाइते

इनेप्लिज २०८१ असार २५ गते १०:१६ मा प्रकाशित

रुसीले गत सोमबार किभमा बालबालिकाको अस्पताल सहित युक्रेनका विभिन्न शहरहरूमा क्षेप्यास्त्रहरू प्रहार गर्दा कूल ३७ व्यक्तिको मृत्यु भएको भने १७० ५० बढी घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्क्सीले बताए अनुसार कम्तिमा ४० वटा क्षेप्यास्त्रहरु आक्रमण गरिएका थिए । युक्रेनी शहरहरूमा भीडको समयमा दिउसै भिडमा आक्रमण गरिएको थियो। आक्रमणहरु राजधानी कीभ, डिनिप्रो, क्रिभिई रिह, स्लोभ्यान्स्क र क्रामाटोर्स्कमा गरिएको थियो ।

राजधानी कीभ सहित कम्तिमा पाँच वटा शहर आक्रमणको चपेटामा परेका थिए । कीभको ओख्मादत बाल अस्पताल युक्रेनको सबैभन्दा सम्मानित बाल अस्पतालहरू मध्ये एक हो ।

आवासीय घरहरू,शिशु बिद्यालय ,एक प्रसूति अस्पताल, एउटा महाबिद्यालय र एक व्यापार केन्द्र लगायत झन्डै १०० अन्य सुविधाहरूमा क्षति पुगेको जेलेन्स्कीले बताए ।

अस्पतालमा भएको आक्रमणमा एक महिला चिकित्सकसहित कम्तीमा दुई जनाको मृत्यु भएको थियो । अधिकारीहरुका अनुसार कम्तीमा ७ जना बालबालिका घाइते भएका छन् ।

अस्पतालमा ११ वर्षीय अबुर्द (क्यान्सर)रोग लागेका छोराकी आमा युलिया भासिलेन्कोले उनको छोरा डेनिसलाई आक्रमण पछि बाहिर निकालिएको थियो।

प्रतिक्रिया