बेलायती नयाँ प्रधानमन्त्री स्टारमरद्वारा अर्थमन्त्रीमा पहिलो पटक महिलालाई नियुक्त

इनेप्लिज २०८१ असार २१ गते १६:३४ मा प्रकाशित

बेलायती नयाँ प्रधानमन्त्री कियर स्टारमरले अर्थमन्त्रीमा पहिलो पटक महिलालाई नियुक्त गरेका छन् । बेलायतको अर्थतन्त्रको नेतृत्व लिने रेचेल रिभ्स पहिलो महिला भएकी छिन ।

कियर स्टारमरले रेचेल रिभ्सलाई बेलायतको अर्थ मन्त्रीको रूपमा नियुक्त गरेका छन् भने यो भूमिका सम्हाल्ने उनि पहिलो महिला बनेकी छिन् ।

शिक्षककी छोरी रिभ्सले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति, दर्शन र अर्थशास्त्रको अध्ययन गरेकी छिन् ।

बैंक अफ इङ्गल्याण्डमा स्नातकको जागिर खानु अघि सुरुमा जापानले १९९० को दशकमा आफ्नो स्थिरताको अवधिबाट कसरी बाहिर निस्कने प्रयास गर्यो भनेर उनलाई विश्लेषण गर्ने जिम्मेवारी दिइएको थियो ।

बेलायतको अर्थतन्त्रले आज यस्तै चुनौतीको सामना गरिरहेको छ। २००८ को वित्तीय संकट पछि बेलायतको आर्थिक वृद्धि प्रायः एक समान भएको छ।

सन् २०१० देखि आर्थिक नीति निर्माणमा दुईवटा प्रमुख असफलताहरू देखिएका छन्।

प्रतिक्रिया