अष्ट्रेलियाको दुर्गम शहरमा गोहीको आक्रमणमा परि १२ वर्षीय बालक बेपत्ता भएकोले खोजी कार्य जारी राखिएको एबिसीन्यूजले जनाएको छ ।
घटना अष्ट्रेलियाको पालुम्पा भन्ने दुर्गम शहरमा भएको हो। खाडीमा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गरी लगेको खबर आएपछि अष्ट्रेलियामा प्रहरीले हराएको १२ वर्षीय बालकको खोजी सुरु गरेको छ ।
स्थानीय समय अनुसार घटना गत मंगलबार साँझ करिब ५ः३० बजे भएको थियो । अष्ट्रेलियाको उत्तरी क्षेत्रको पालुम्पाको दुर्गम समुदायमा करिब ४०० मानिस हरुको जनसंख्या भएको डार्विनको दक्षिणपश्चिममा करिब ७ घण्टाको दूरीमा रहेको उत्तरी क्षेत्र प्रहरीमा उक्त घटना भएको अग्नि तथा आपतकालीन सेवाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
हिजो साँझ करिब ५:३० बजे प्रहरीले १२ वर्षीय बालक हराएको सूचना प्राप्त गरेको र जुन अन्तिम पटक म्यांगो क्रिक(खोला)मा पौडी खेलिरहेका थिए,” अधिकारीहरूले भने।
प्रारम्भिक विवरण हरूमा बच्चालाई गोहीले आक्रमण गरेको बताइएको छ। सामुदायिक सदस्यहरू र प्रहरी घटनास्थलमा पुगे र बच्चाको खोजी गर्न थाले। बालक अझै फेला परेका छैनन ।
एक खोज र उद्धार टोली तुरुन्तै वाडेयाका अधिकारीहरुको सहयोगसंग उक्त क्षेत्रमा तैनाथ गरिएको छ भने तर बच्चा अझै सम्म फेला पार्न नसकिएको अधिकारीहरुले बताए ।
अधिकारीहरूले हाल डुङ्गा मार्फत क्रीक(खोला)को ठूलो भागमा खोजिरहेका छन् । अष्ट्रेलियाको उत्तरी क्षेत्र पर्यटन संजालस्थल (वेबसाइट )अनुसार उत्तरी क्षेत्र संसारको सबैभन्दा ठूलो जनसख्या भएको जंगली गोहीको घर हो। जहाँ जंगलमा १ लाख भन्दा बढी गोहीहरू छन्।
प्रतिक्रिया